वीरगञ्ज– बारामा मास्क नलगाउने १ सय २८ जनालाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ।
मास्क नलगाई बजार तथा सार्वजनिक स्थानहरुमा हिँडडुल गरिरहेका १ सय २८ जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। जिल्लाको कलैया उपमहानरपालिकाको बजार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिइएको मिश्रले बताए।
जिल्ला प्रशासन कार्यालय बाराले कोरोना संक्रमण नियन्त्रण तथा थप फैलिन नदिन यसअघि नै सूचना जारी गरी मास्क लगाएर मात्रै बाहिर निस्कन सर्वसाधारणलाई आग्रह गरेको थियो।
यस समबन्धमा प्रहरीले पनि ठाउँठाउँमा माइकिङ गरी सर्वसाधारणहरुलाई अनिवार्य मास्क लगाउन अनुरोधसमेत गरेको थियो। तर अटेर गरेर मास्क प्रयोग नगर्नेलाई शनिबारदेखि नियन्त्रणमा लिन थालिएको प्रहरीले जनाएको छ।
शनिबार नियन्त्रणमा लिइएका सबै जनालाई संक्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरी प्रवक्ता मिश्रको भनाइ छ।