
संसारमा जात धर्म,देश,भेषभुषा अनुसार मानिसका आफनै मुत्यु संस्कारहरु छन् । तर यतिबेला विश्वभर फैलिएको महामारी कोरोना भाइरसले यी सबै संस्कारकाहरु अबरोध गरिदिएको छ । मानव जातिको लागी यो भन्दा अप्रिय र दुखत क्षण के होला ? कोरोनाको दन्किरहेको आगोले कतिबेला कसलाइ जलाउछ थाहा छैन । को कतिबेला मृत्युको सिकार बन्छ थाहा नै छैन ?त्यतिबेला के मलामी ? के आफनै मृत्यु संस्कार ? लास समेत देख्न नपाइ आज विश्वका मानव जातिले आफन्त गुमाइ रहेका छन ।
बेलायतमा यस्तै एउटा दुखान्त निधनको समाचारले धेरैलाइ रुवाइ रहेको छ । कोरोना भाइरसको संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएपछि उक्त समाचारले धेरैलाइ भावुक बनाएको छ । वावु र छोरीको निधनमा न कोही मलामी भए न आफन्त नै रुने थिए । मानव जातिको लागी कतिपय यस्ता तुलना गर्नै नसकिने दुखत क्षणहरु हुदा रहेछन आज त्यस्तै क्षणको सामाना विश्वले गरिरहेको छ ।
बेलायतमा बुधबार नेपाली मुलका ६१ वर्षीय बुवा सुधीर शर्माको निधन भयो भने ३३ वर्षीया छोरी पूजाको बिहीबार निधन भयो ।छोरी पूजाको मृत्यु अस्पताल भर्ना भएको ३ दिनमै भयो । दुबैको अन्त्येष्टिमा कोही पनि मलामी नभएको समाचार द सन पत्रिकालाइ उदृत गदै अन्नपुर्ण अनलाइले प्रकाशित गरेको छ । समाचारका अनुसार आफ्ना श्रीमानको अन्त्येष्टिमा ‘आइसोलेसन’ मा बस्नु परेकाले श्रीमती मलामी जान पाइनन्। ‘यो तुलना नै गर्न नसकिने पीडा हो’, स्रोतलाई उल्लेख गर्दै अन्नपुर्णले समाचारमा लेखेको छ, ‘उनकी श्रीमती आइसोलेसनमा बस्नु परेकाले अन्तिम संस्कारमा सहभागी गराउन सकिएन । यो निकै दर्दनाक अवस्था हो ।
हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत बुवा र फार्मेसीमा काम गर्ने छोरीको २४ घण्टाको अन्तरमा मृत्यु भएको हो । विमानस्थलमा प्रिय अधिकृतका रूपमा चिनिएका उनलाई जनवरी ७ मा संक्रमण भएको थियो। उनको मृत्युको खबरले समाचार पढेपछि धेरै मानिसहरु स्तब्ध भएका छन । सुधीर पश्चिमी लन्डनको हन्स्लो निवासी हुन्।