अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी डिसेम्बर सम्म लगाएको आप्रवासन रोकमा डाइभर्सिटी भिसाका आवेदकलाई कुनै छुट नदिइएको अमेरिकी विदेशमन्त्रालयका अधिकारीले बताएका छन् ।
सन् २०२० को डिभी लोटरी विजेताहरुले आगामी सेप्टेम्बर अन्त्य सम्ममा अमेरिकाको भिसा लिइसक्नुपर्ने भएपनि ट्रम्पको कार्यकारी आदेशले सन् २०२० को अन्त्य सम्ममा नै डाइभर्सिटी भिसाका आवेदकलाई भिसा पाउनमा रोक लगाएपछि सन् २०२० को डिभी लोटरीको औचित्य समाप्त भएको छ ।अर्थात २०२० मा डिभि प्राप्त गरेकाहरु अमेरिका जान नपाउने भएका हुन ।
अमेरिका बाट संचालन हुने नेपाली चर्चित अनलाइन खसाेखासले जनाए अनुसार अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले भने ट्रम्पकाे -‘कार्यकारी आदेशमा डाइभर्सिटी भिसा आवेदकका लागि कुनै छुटको व्यवस्था गरिएको छैन ,ट्रम्पको कार्यकारी आदेशमा निश्चित स्वास्थ्य पेशाकर्मीहरु, लगानीमा आधारित ईबी फाइभमा अमेरिका आउन खोज्नेहरु र अमेरिकी नागरिकका दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरुलाई भने भिसा छुट दिइएको छ । अर्थात् उनीहरुले अमेरिकाको आप्रवासी भिसा पाउनसक्छन् । त्यस्तै अमेरिकी सेनाका सदस्यहरु, अमेरिकी सेनाका दम्पत्ति वा छोराछोरीहरुलाई पनि छुट दिइएको छ ।यी बाहेक सबै आप्रवासी भिसा जारी गर्नमा आगामी डिसेम्बर अन्त्यका सम्मका लागि रोक लगाइएको छ । जसअन्तरगत डिभी, परिवारमा आधारित भिसा र रोजगारमा आधारित भिसा लगायत पर्छन् । त्यस्तै एच, जे र एल श्रेणीका कामदार भिसाहरुमा रोक लगाइएको छ ।