रुकुमको आठबिसकाेट नगरपालिकाकाे कार्यालय परिसरमा नगरप्रहरी र नेपाल प्रहरीको हात बाट एक स्थानीय महिला निर्घात कुटपिट भएको भिडियो हाम्रा खबरलाई प्राप्त भएको छ । भिडियो यहाँ छ
आठबिसकाेट नगरपालिकाकाे कार्यालयमा नगर प्रहरी निर्मला विकले ती महिलालाई शरिरका कपडा च्यातिने गरि कुटपिट गरेकि छिन ।ती महिलालाई कुटपिट गर्दा चार पाँच जना प्रहरी रमिते बनेका छन ।नेपाल प्रहरीका केही जवान ले कतिबेला उक्त महिलालाई समाउछन र नगरप्रहरी निर्मलाले कुटछिन । पिटाई खाने महिलाले मदिरा सेवन गरेको जस्तो देखिन्छ ।तर किन उनलाई कुटिएकाे केही कारण खुल्न सकेको छैन ।महिलाले कमजोरी गरेको भएपनि उनलाई नियन्त्रण गरेर कार्वाही गर्नु साटाे उनलाई निर्घात कुटेर कानुनको धज्जि उडाइएकाे छ ।याे घटना गाेप्य राखिएको भएपनि भिडियो सार्वजनिक भएपछि सर्वत्र चासाे बढेको छ ।त्यहाँ उपस्थित अन्य महिलाहरु माथि समेत हातपात भएको भिडियोमा देख्न सकिन्छ ।त्यहा उपस्थित प्रहरीहरु अवस्था नियन्त्रण गर्न असफल भएको पनि भिडियोमा प्रस्ट देख्न सकिन्छ ।बिच बिचमा प्रहरीका जवानले ती महिलालाई कुटपिट गरेपनि सबैभन्दा बढि कुटपिटमा नगरप्रहरी निर्मला अग्रसर देखिन्छन् ।कुटपिट बाट ती महिलाकाे शरीर रगताम्य भएको छ ।एकजना प्रहरीले ती महिलाकाे शरिरमा पाइप बाट पानी पनि खन्याइदिइरहेका छन् ।
अपुष्ट जानकारी अनुसार पिटाइ खाने महिलाले दुई ,तीन ठाउँमा विहे गरेर छाडेर बसेकाे र उक्त दिन कसै सँग विवाद भएको भनाइ छ ।यसै बिषयमा कुराकानी हुदा नगरप्रहरि सँग वादविवाद हुन्छ अनि नगरप्रहरिले लाठी ,बुट आदिले निर्घात कुटछिन ।त्यति संख्यामा प्रहरीहरु त्यहा उपस्थिति हुदा पनि उक्त अवस्था सामान्य बनाउन सकेको देखिदैन ।कुटपिट बाट उक्त महिला शक्त घाइते भएको बताइएको छ ।घटना केही दिन अगाडिको हुन सक्ने स्रोतले बतायो ।यस बिषयमा बुझन खाेज्दा सम्बन्धित पक्ष सँग सम्पर्क हुन सकेन ।https://m.facebook.com/story.php?story_fbid=159782755674899&id=108484727471369