रुकुमको आठविसकाेट नगरपालिका मा एक महिला नगर प्रहरी र नेपाल प्रहरी बाट कुटिएकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।निर्घात रुपमा कुटिएकि ती महिला आठविसकाेट निवासी नेहा विष्ट हुन ।उनलाई सुरक्षाकर्मीहरुले अमानवीय ढङ्गले कुटेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भैरहेको छ । जिल्ला बाहिरबाट आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा महिलामाथि कुटपिट भएको खुलासा भएको छ ।स्रोतका अनुसार विष्ट जिल्ला बाहिर बाट नगरमा पुगेकि थिइन् ।उनको ज्वरो नाप्ने क्रममा मदिरा सेवन गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी माथि महिला उच्छृङ्खल रुपमा प्रस्तुत भएपछि नगर महिला प्रहरीको सहयोग लिएको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ठगबहादुर केसीका अनुसार घटना १ जेठको हो । उक्त घटना सँग सम्बन्धित भिडियो मंगलबार साँझ सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।डिएसपी केसीका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।
आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विकले पटकपटक ती महिलालाई लाठी हानेको भिडियोमा देखिन्छ ।भिडियो सार्वजनिक भएपछि विकलाई निलम्बन गरेर छानविन थालिएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए ।
नगर प्रहरी निर्मला विकले ती महिलालाई शरिरका कपडा च्यातिने गरि कुटपिट गरेकि छिन ।ती महिलालाई कुटपिट गर्दा चार पाँच जना प्रहरी रमिते बनेका छन ।नेपाल प्रहरीका केही जवान ले कतिबेला उक्त महिलालाई समाउछन र नगरप्रहरी निर्मलाले कुटछिन ।याे घटना गाेप्य राखिएको भएपनि भिडियो सार्वजनिक भएपछि सर्वत्र चासाे बढेको छ ।त्यहाँ उपस्थित अन्य महिलाहरुमाथी समेत हातपात भएको भिडियोमा देख्न सकिन्छ ।त्यहाँ उपस्थित प्रहरीहरु अवस्था नियन्त्रण गर्न असफल भएको पनि भिडियोमा प्रस्ट देख्न सकिन्छ ।बिच बिचमा प्रहरीका जवानले महिलालाई कुटपिट गरेपनि सबैभन्दा बढि कुटपिटमा नगरप्रहरी निर्मला अग्रसर देखिन्छन् ।कुटपिट बाट ती महिलाकाे शरीर रगताम्य भएको छ ।उनको शरिरमा पानी खन्याएकाे छ ।अवस्था हेर्दा महिलाले मदिरा सेवन गरेको जस्तो देखिन्छ ।