रुकुमको आठविसकाेट नगरपालिका मा एक महिला नगर प्रहरी र नेपाल प्रहरी बाट कुटि,एकाे भिडियो बारे जिल्ला प्रहरी कार्यालय रुकुम र आठबिसकाेट नगरपालिकाले विज्ञप्ति निकालेका छन ।
जिल्ला जाजरकोट बाट रुकुम प्रवेश गरेकि ती महिला आएर हेल्प डेस्कमा प्रहरीलाई दुर्व्यहार गरेको आरोपमा नियन्त्रणमा लिने क्रममा यस्तो भएको दुबै विज्ञप्तिमा भनिएको छ । स्रोतका अनुसार विष्ट जिल्ला बाहिर बाट नगरमा पुगेकि थिइन् ।उनको ज्वरो नाप्ने क्रममा मदिरा सेवन गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी माथि महिला उच्छृङ्खल रुपमा प्रस्तुत भएपछि नगर महिला प्रहरीको सहयोग लिएको भनाइ छ ।
केसीका अनुसार महिला कुटपिटमा संलग्न एक जना हवल्दार दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत् छन् । अन्य दुई जना प्रहरी जवानलाई जिल्लामा तानेर आन्तरिक छानविन थालिएको छ ।
नगर प्रहरी निर्मला विकले ती महिलालाई शरिरका कपडा च्यातिने गरि कुट,पिट गरेकि छिन ।ती महिलालाई कुट,पिट गर्दा चार पाँच जना प्रहरी रमिते बनेका छन ।नेपाल प्रहरीका केही जवान ले कतिबेला उक्त महिलालाई समाउछन र नगरप्रहरी निर्मलाले कुट,छिन ।याे घटना गाेप्य राखिएको भएपनि भिडियो सार्वजनिक भएपछि सर्वत्र चासाे बढेको छ ।
त्यहाँ उपस्थित अन्य महिलाहरुमाथी समेत हातपात भएको भिडियोमा देख्न सकिन्छ ।त्यहाँ उपस्थित प्रहरीहरु अवस्था नियन्त्रण गर्न असफल भएको पनि भिडियोमा प्रस्ट देख्न सकिन्छ ।बिच बिचमा प्रहरीका जवानले ती महिलालाई कुट,पिट गरेपनि सबैभन्दा बढि कुट,पिटमा नगरप्रहरी निर्मला अग्रसर देखिन्छन् ।कुट,पिट बाट ती महिलाकाे शरीर रगताम्य भएको छ ।उनको शरिरमा पानी खन्याएकाे छ ।