काठमाडौं – नेपालमा थप २५५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय ३४ जना कोरोना संक्रमित रहेका छन् । २५ हजार ४० जना रहेको उनले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा २ सय ५३ जना र आज सम्म ७ हजार ७ सय ५२ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
विगत २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको छ ।