रुकुम पश्चिमको आठविसकोट नगरपालिका-९ की २१ बर्षीया नेहा विष्ट माथि अभद्र व्यवहार गर्ने आठविसकोट नगरपालिकाकी नगर प्रहरी निर्मला विकलाई निलम्बन गरिएको छ । गत जेठ १ गते नियन्त्रणमा लिने क्रममा बिष्ट माथि निर्मलाले अभद्र व्यवहार प्रदर्शन गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाले बिहिबार एक पत्र मार्फत उनलाई निलम्बन गरेकाे हाे । घटनाको सत्य तथ्य छानविको लागि नगरपालिकाकै प्रशासकीय अधिकृत मान बहादुर बुढाथोकीको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरेको छ ।
समितिमा नगरपालिकाकै सुचना प्रविधि अधिकृत गणेश चन्द र नगर प्रहरी सहायक निरिक्षक ओलालाल यरी रहेका छन । जेठ १ गते दिउँसो जाजरकोटबाट मदिरा सेवन गरेर आउदै गरेकी नेहालाई नियन्त्रणमा लिइसकेपछि अमानवीय ढंगले अभद्र व्यवहार गरेको भन्दै सर्वत्र आलोचना हुदै आएको छ। उक्त भिडिओ असार २३ गते मात्रै सार्वजनिक भएको थियो। उक्त घटनाबारे छानबिन गर्न बुधबार नै जिल्ला प्रहरी रुकुम पश्मिका प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वका ४ सदस्य समिति गठन गरि घटनाको अनुसन्धा सुरु गरेको छ । उक्त समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।