दक्षिण काेरियाकाे राजधानी साैलका मेयर पार्क वन सुनकाे अवस्था अज्ञात भएको छ । बिहान घर बाट बाहिएका उनकाे फाेन अफ भएपछि साँझ छाेरीले प्रहरीलाई खबर गरेकि थिइन । त्यसपछि उनको अवस्था अज्ञात रहेको पुष्टि भएको हाे ।प्रहरीले उनको अवस्था पत्ता लगाउन विभिन्न उपायहरू परिचालन गरेको छ ।मेयरले बिहान करिब १० बजे आसपासमा जोग्नोको केन्द्रीय सियोल वार्डमा आफ्नो निवास छोडेका थिए र कालो टोपी लगाएका थिए र कालो झोला बोकेका थिए।उनको अवस्था रहस्यमय तरिकाले अज्ञात भएपछि दक्षिण काेरियामा ठुलो तरङ्ग फैलिएको काेरियाली संचार माध्यमले जनाएका छन ।
प्रहरीले अन्तिम टेलिफोन अफ भएको ठाउँ बाट खोजी कार्य भै रहेको भए पनि अझै सम्म पत्ता लागेको छैन। बिहानै पहाड चडने ड्रेस र ब्याग बोकेर निस्किएको जानकारी प्राप्त भएको छ। पार्कलाइ भावि काेरियाकाे राष्ट्रपतिकाे उम्मेदवारकाे रुपमा समेत हेरिएकाे थियो ।