पश्चिम रुकुमको आठबिसकाेट नगरपालिका ३ काे स्यालाखदीमा पहिराले घर पुर्दा २ जनाकाे निधन भएको छ ।जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार शुक्रबार बिहान ६ बजेको समयमा तुल बहादुर दमाईकाे घर पहिरोले पुर्दा २८ बर्षकि सीता दमाई र निजकाे छाेरा बर्ष ६ काे हाविल परियार काे निधन भएको हाे ।
यस्तै घटनामा परि ८ बर्षिया हिरा परियार घाइते भएकि छिन ।घटनास्थलमा नेपाल प्रहरी र स्थानीयबासीले उद्दार कार्य गरिरहेकाे बताइएको छ ।घटना स्थल जिल्ला सदरमुकाम बाट २ दिनको दुरिमा रहेको छ ।लगातार पानी परेकाले अन्य ठाउँमा पनि क्षति हुन सक्ने भन्दै सतर्क हुन जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका डिएसपी ठग बहादुर केसीले स्थानीयबासीहरुलाई आग्रह गरेका छन ।