
दक्षिण कोरियामा रहेका नेपालीले कोरोना भाइरस परिक्षणमा सहयोग हुने स्वाथ्य सामाग्री किनेर नेपाल पठाउने भन्दै करिव १ करोड ४० लाख नेपाली रुपँया जम्मा गरेका छन । एनआरएनए दक्षिण कोरियाको संयोजकत्वमा र स्वतन्त्र नागरिक अभियान्ताहरुको साँझेदारीमा सुरु गरिएको अभियानमा शनिबार पाँच बजे सम्म संचालन गरिएको अभियानमा यति रकम जम्मा भएको हो ।
आयोजकले सहयोग अभियान शनिबार साँझ पाँच बजे बन्द भएको बिज्ञप्ती निकालेको भएपनि राति १० बजे सम्म पैसा आइरहेको थियो । राति १०.३० बजे सम्मको आयोजकले जानकारी दिएको विवरण अनुसार १४ करोड २६ लाख ३७ हजार ७ सय ७९ कोरियन वोन झण्डै नेपाली १ करोड ४० लाख रुपैयाँ जम्मा भएको छ ।
अझै केहि संघ संस्थाका प्रतिनिधिहरुले रकम संकलन गरि रहेको र आइतबार सम्म सम्पूर्ण रकम हस्तान्तरण गर्ने गरि जानकारी दिएकोले अन्तिम दाता सुची अर्को सूचना मार्फत जानकरी गराउने पनि आयोजकले जानकारी दिएको छ । रकम आइरहेकोले यस अगाडी विवरणहरु पटक पटक सार्वजनिक गरिएको थियो ।
तीन घण्टामै कोरोना संक्रमण भए नभएको रिजल्ट दिने कोरियन हेल्थ किट किनेर नेपाल पठाउन यो अभियान सुरु गरिएको थियो । सहयोग रकम आउदा आउदै किट किन्न आवश्यक रकम पुगेकोले विचमै अभियान रोक्नु परेको आयोजकले बताएको छ । संकलित रकमले नेपालमा हेल्थ किट तुरुन्तै पठाइने एनआरएनए दक्षिण कोरियाले जानकारि दिएको छ । संकलित रकम पारदर्शि तरिकाले सदुपयोग गर्न पनि दक्षिण कोरियाका नेपालीले एनआरएनए दक्षिण कोरियालाइ सचेत बनाएका छन । यस अभियानमा विभिन्न सामाजिक सघं संस्था,विभिन्न ब्यवसायीहरु तथा राष्ट्रप्रेमी धेरै नेपालीहरुको सहभागिता रहेको थियो ।
