रुकुमको सदरमुकाममा रहेको एक सुनचाँदी पसलबाट आठ तोला सुन चोरेको आरोपमा तीनजना पक्राउ परेका छन । मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा रहेको नारायणी सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका -३ का शसिराम बि.क, सोही नगरपालिकाका मोहन बि क र सल्यानको दार्मा गाउपालिका-१ का कृष्ण बि.क रहेका छन ।
गत माघ ५ गते जिल्ला सदरमुकामको मुख्य बजारमा रहेको उक्त पसलमा चोरी भएको थियो । घटना पश्चात गरिएको अनुसन्धान र निरन्तरको निगरानीबाट गरीरहेको उनिहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।
आरोपितले सुन पसलबाट ८ तोला सुन चोरी गरेको स्विकार गरेको र उनिहरु विरुद्ध डाँका चोरी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी केसिले बताए ।