दक्षिण काेरियाका अलपत्र नेपालीको उद्दारमा सराेकारवाला निकायहरु जिम्मेवार नहुदा नेपाल फर्कने तयारीमा रहेका नेपालीहरु अलपत्र परेका छन् ।राेजगारीकाे लागि दक्षिण काेरिया पुगेका संयाैँ नेपालीहरु विभिन्न कारणले नेपाल फर्कने तयारीमा छन् ।तर अन्य मुलुक जस्तै दक्षिण काेरियामा रहेका नेपालीकाे बिषयमा नेपाल सरकार जिम्मेवार नबन्दा उनिहरु अन्याेलमा रहेका छन् ।गएको १० तारिखमा केही नेपाली नेपाल फर्के पनि अर्को उडान कहिले हुने भन्ने कुनै टुंगो नहुदा नेपालीहरु थप पिडित बनेका हुन् ।
विभिन्न चरणमा गरि अन्तिम १० जुलाईको कोरियन एयरको चार्टर उडान मार्फत ४ सय ७६ जना मात्र नेपाली कोरिया बाट नेपाल फर्केका छन् ।अझ धेरै ठुलो संख्यामा यात्रुहरु स्वदेश फर्कने तयारीमा जहाज कुरेर बसेका छन् । कतिको भिसा सकिएर समस्यामा छन् कतिलाई कम्पनीले निकालि दिएको हुनाले बस्ने ठाउँको समस्या छ । घरमा घटेका दुखद घटनामा सामेल हुन् नपाउदाको पिडा, लामो समय काम छोडेर बसेकोले थप पीडा भैरहेको नेपालीहरुले बताएका छन् ।
१५ जुलाईमा पनि कोरियन एयरको उडान हुने चर्चा चलेपनि आधिकारिक छैन् ।नेपाल बाट काेरिया जाने करिब १ सय ८२ यात्रुको लागि खोजिएको सामुहिक क्वारेन्टाइन स्थल HRD कोरियाले अस्वीकृत गरेको हुदा नेपाल बाट आउने यात्रु अभावले उडान नहुने स्रोतले जानकारी दिएकाे छ । नेपाल बाट काेरिया जाने यात्रु नभए सम्म उडान नहुदा स्वेदश फर्कने नेपाली थप समस्या परेका छन् ।
हाल सम्म भएका उडानमा पनि राजदूताबासले गरेको अनुरोधलाई समेत चुनाैति दिदै विचाैलियाहरुले महंगो टिकट शुल्क उठाउदा समेत सराेकारवाला निकाय चुपचाप छन् । नेपाल बाट कोरिया लागि उड्ने यात्रुबाट चर्को टिकट शुल्क प्रति यात्रु $१२५० असुलेको एजेन्सीले इन्छन बाट काठमाडौँ उड्ने यात्रुलाई प्राथमिकतामा राखेको छैनन ।यो बिषयमा नेपाली दुताबासले पहल गरेर कोरियामा रहेका नेपालीलाई छिटो स्वदेश उडाउनु पर्यो भन्ने धेरैको अनुरोध छ। नेपाल सरकारले कोरियन एयरलाई मात्र उडान भर्न दिएपछि यस्ताे अवस्था आएकाे स्रोत बताउछ ।
कोरियन एयरको भन्दा सहुलियत दरको भाडा तय गरेर जिन एयरले उडान अनुमति मागेपनि नेपालको पर्यटन मन्त्रालयले अनुमति दिएकाे छैन ।मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार नेपाल एयरलाइन्सलाई पनि कोरिया उडान अनुमति दिइएको अवस्थामा मात्रै कोरियाको जिन एयरसहित अन्य विमान कम्पनीको हकमा नीतिगत व्यवस्था गरी अनुमति प्रदान गर्न सकिन्छ।
कोरियाले यूरोपियन स्टाण्डर्डको सुरक्षा मापदण्डलाइ उडान सुरक्षाको आधार मानेको छ । ति आधारहरु पुरा गरेको र अन्य कोरियाकै हवाई उडान सम्बन्धि सर्तहरु पनि पुरा गर्ने जहाज कम्पनीलाई मात्र उडान अनुमति दिन सकिने भनि पटक पटक जानकारी गराएको कोरियाको भुमि, पुर्बधार र यातायात मन्त्रालयले जनाएको छ।
नेपाल एयरलाइन्स सहित नेपालका सबै हवाई कम्पनि यूरोपियन युनियनको कालोसूचीमा परेको धेरै भैसकेको छ। हाल सम्म पनि सरकारले सो सुचीबाट हटाउन ठोस पहल गरेको छैन् । चार्टर विमान जुनसुकै मापदण्ड पुरा नगरि नेपाल एयरलाइन कोरिया आउन सक्ने देखिदैन।
आफ्नो स्तर अभिवृद्धिको लागि आवस्यक कार्य नगरी आपतमा परेका नेपालिलाई उद्दार गर्न नेपाली दुताबासबाट नै सिफारिस भएको जहाज कम्पनीलाई उडान अनुमति नदिनुको पछाडी मन्त्रालयका उच्च अधिकारीको मिलेमतो देखिएको स्रोत बताउछ ।तर नेपाल एयरलाइन्सका एक उच्च अधिकारीका अनुसार काेरिया सरकारले अनुमति नदिदा नेपाली एयरलाइन्सले उडान गर्न पाएका छैनन् ।