कोरियामा श्रमिकको न्युनतम ज्याला बृद्वी भएको छ । ज्याला निर्धारण कमिटिको पटक पटक बसेको बैठकले सन् २०२१को लागि प्रतिघन्टा १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने टुङ्गोमा पुगेको हो । जसानुसार अबको नया ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० वोन हुने छ ।
सन् २०२१ जनवरी १ देखि लागु हुने उक्त नियामानुसार प्रतिदिन ८ घण्टा काम गर्ने श्रमिकले मासिक १८ लाख २२ हजार ४ सय ८० वन (करिब १ लाख ८० हजार नेपाली रुपैया ) बराबर ज्याला पाउने छन् । जसको लागी काम गरेको समय मासिक २ सय ९ घण्टा पुग्नु पर्ने छ ।
सन् २०२१ को लागी न्युनतम ज्याला बृद्वी सन् २०२० को भन्दा कम हो । सन् २०२० लागी २.९ प्रतिशत बृद्वी भएको थियो । सन १९८८ यताकै सबै भन्दा न्युन तलव बृद्धि गरिएको ज्यालानिर्धारण समिति को साेमबारकाे बैठक मजदुर युनियनका प्रतिनिधिहरुले कम ज्याला बृद्धि आफुलाई मान्य नहुने भन्दै बहिस्कार गरेका थिए।
यस अगाडि पजि कोरिया मा २०२१ का लागी ज्याला निर्धारण गर्न बसेको ज्याला निर्धारण समिति को छैठौं बैठक २ घण्टा मै स्थगित भएको थियोे । मजदुर पक्ष प्रतिनिधि ले व्यवस्थापन पक्ष बिच दुरी बढदै गएपछि बैठक बाट बाहिरीएका थिए । मजदुर संगठनका प्रतिनिधिले अहिलेको ८५९० वन मा ९.८% बृद्धि गरि ९,४३० वन प्रती घण्टा हुनुपर्ने मा जोड दिएका थिए । उता रोजगारदाता व्यवस्थापन पक्षले भने अहिले को ८,५९० वन प्रति घण्टा बाट १.०% कम गरि ८,५०० वन प्रती घण्टा हुनुपर्ने मा जोड दिएका थिए। तलब बृद्वि बाट नेपाली मजदुर पनि लाभान्वित हुनेछन् ।करिव ४० देखि ५० हजारकाे हाराहारीमा दक्षिण काेरियामा नेपाली कार्यरत छन ।