रुकुममा प्रहरीले अफिम सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।पश्चिम रुकुमको बाँफिकाेट ४ मा अबैध लागुऔषधहरु ओसारपसार भैरहेको सुचनाकाे आधारमा साेमबार राति गस्तीमा गएको प्रहरीलाई आक्रमण प्रयास भएपछि हवाई फायर गरेर एकजनालाई नियन्त्रणमा लिएको हाे ।बाँफिकोट गाउँपालिका वडा नं ४ नुनईटाकुरा स्थित सडक खण्डमा २ जना व्यक्ति शंकास्पद रुपमा हिडिरहेको अबस्थामा रोकि चेकजाच गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्ने प्रयास गरेपछि १ राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले जनाएको छ ।दुई जनाको संख्यामा रहेका अफिम व्यापारीले एक्कासि प्रहरीमाथि आक्रमण सुरु गरेका थिए ।
उक्त समयमा बाँफिकाेट ५ बस्ने बर्ष ३५ को शंकर पुरीलाई नियन्त्रणमा लिएकोमा निजको साथबाट अन्दाजी ४ के.जि ५०० ग्राम अफिम ,रु २६००० नगद र १ थान मोबाईल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पुरी माथि थप अनुसन्धान कार्य जारी र फरार ब्यक्तिको खोजि भैरहेको जानकारि छ ।याे सिजनमा रुकुममा अबैध अफिमकाे काराेबार हुने गर्छ ।