जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमले अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । आठबिसकोट नगरपालिकाको चिसापानीकाे ममता होटल बाट दुई जना २ किलो अफिम सहित पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा जाजरकोट नलगाड न.पा. वडा नं. ४ बस्ने बर्ष ३४ को बिनोद रावल र साेहिका वडा नं. २ बस्ने बर्ष २९ को टेक बहादुर रावल रहेका छन ।
उनिहरुकाे साथ बाट झोलामा सेतो रंगको पोलथिनले बेरी राखेको २ वटा पोकामा २ केजी अफिम, ३ वटा मोबाइल सेट र पावर बैंक सहित नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए ।यस्तै गएको साेमबार राति पनि रुकुमको बाँफिकाेट बाट प्रहरीले अफिम सहित एकजनालाई नियन्त्रणमा लिएको थियोे ।