रूकुम पश्चिममा प्रहरीले महिला माथि भएको दुर्ववहार घटनामा संलग्न २ प्रहरीलाई निलम्बन गरिएको छ । आठविसकोट नगरपालिका–९ कि नेहा विष्टलाई गएको जेठ १ गते नियन्त्रणमा लिने क्रममा लठ्ठीले हानेर दुर्ववहार गरिएको भिडियो सार्वजनिक भएको थियो ।
उक्त विषयमा छानबिन गर्न गठिन समितिले सोमबार नै कर्णाली प्रदेश प्रहरीलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा प्रहरी हवल्दार पृथ्वीबहादुर आग्री र अर्का एकजना जवानलाई निलम्बित गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
जाजरकोटबाट घर फर्कंदै गरेकी नेहालाई नियन्त्रणमा लिइसकेपछि अमानवीय ढंगले दुर्ववहार भएको थियो भन्दै सर्वत्र आलोचना भएको थियो । उक्त भिडियाे सामाजिक सञ्जालमार्फत् असार २३ गते मात्रै सार्वजनिक भएको थियो। भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा कार्यरत प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।यस्तै उक्त महिलालाई लठ्ठीले हान्ने आठबीसकोट नगरपालिकाकी नगर प्रहरी निर्मला विकलाई यस अघिनै निलम्बन गरेको छ ।