नेपाली काँग्रेसका अन्तर्राष्ट्रिय संगठनको रुपमा स्थापित केही देशका नेपाली जनसम्पर्क समितिहरुमा आन्तरिक विवादहरु छताछुल्ल हुन थालेका छन ।कतै कार्यसमितिको पदावधि सकिएको भन्दै विवाद हुदै आएका छन,कतै कार्य समितिमा गुटबन्दी मौलाउदै गएको कारणले विवादहरु बढदै गएका छन ।पाटीको केन्द्रीय महाधिवेशन पनि यसै बर्ष हुने निश्चित भएपछि झन विवादहरु पेचिलो बन्ने सम्भावना छन ।केन्द्रीय महाधिवेशन हुनुपुर्व अवधि पुगेका जनसम्पर्क समितिहरुले विधिवत् रुपमा अधिवेशन गरि सक्नुपर्ने छ ।नत्र केन्द्रीय महाधिवेशनमा भाग लिन नपाउने नियम पाटी केन्द्रले बनाएको छ । जनसम्पर्क समितिहरु मध्ये यसै साता अलि बढि आन्तरिक विवाद छताछुल्ल भएको अमेरिका जनसम्पर्क समितिको बिषयमा नेपाली काँग्रेस केन्द्रीय समितिले समेत चासो देखाएको छ ।
अमेरिका समितिको कार्यकाल सकिएको बाहना देखाएर अर्को समुहले छुट्टै कार्यसमिति गठन गरेको प्रचारप्रसार गरेपछि विवाद सतहमा पुगेको हो ।यहि बिषयमा नेपाली काँग्रेस विदेश विभाग प्रमुख गोबिन्द भट्टराई सँग जिज्ञासा राख्दा पाटी र संगठन भित्रका समस्या आन्तरिक रुपमा समाधान गर्नुको साटो दुनियाँ हसाउने गरि भएका गतिविधि अनुचित भएको बताए । यी विषय आन्तरिक विषय थिए, तर जनसम्पर्क समिति नै हुनुहन्न भन्ने जस्तो आशय झल्कने गरि गरिएका गतिविधिहरु अस्वभाविक तथा अनुशासन बाहिरका कामहुन भट्टराईले भने । अमेरिका हुन या जुनसुकै देशका हुन पाटी र संगठन कमजोर बनाउने गतिविधिका बिषयमा पाटी केन्द्रले छिट्टै कुनै निर्णय लिनेछ उनले भने ।
यतिबेला व्यक्तिगत पद,लोभको पछि नलागेर देश वा विदेशमा रहेका पाटी संगठनहरु एक भएर आगामी चुनावमा बहुमत ल्याउन लाग्नुपर्ने भट्टराईले आग्रह गरे ।कम्युनिस्ट सरकार बाट जनता आजित भएको अवस्थामा नेपाली काँग्रेसले जनताको मन फेरि एकपटक जितेर यो देशको नेतृत्व गर्न सबै खटेर लाग्नुपर्ने विभाग प्रमुख भट्टराईले अनुरोध गरे । एउटा उखान छ ‘भित्र पितर रुवाउने,बाहिर लोक हसाउने’ भने जस्तै काम नगर्न उनले काँग्रेस सम्बन्ध सबैमा आग्रह गरे । अवधि समाप्त भएका सबै जनसम्पर्क समितिले विधान अनुसार अधिवेशन सम्पन्न गरेर आए मात्रै प्रतिनिधिको रुपमा भाग लिन पाउने उनले बताए । पाटीले जारि गरेको नयाँ निर्देशिका अनुसार जनसम्पर्क समितिहरुको कार्यकाल ३ बर्ष भएको र त्यो नियम नयाँ निर्वाचित कार्य समितिको हकमा मात्रै लागू हुनेछ ।