काठमाण्डाै – काठमाण्डौ उपत्यकाका नदी खोलाहरुमा पानीको बहाव बढ्दै गएको छ ।
वाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदी र खोलामा पानीको बहाव बढ्दै गएको हो । अहिले काठमाण्डौ उपत्यकाका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भैरहेको छ ।
साना नदी र नालाको पानी आसपासका सडक किनारसम्म आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । सडक किनारको बाटो भई यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले काठमाण्डौ उपत्यका बाहिर १९ जिल्लाका ठुला साना नदीमा आकस्मिक बाढी आउनसक्ने भएकाले सावधानी अपनाउन भनेको छ ।