काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालयका चार सदस्य बिहानैदेखि छलफलमा जुटेका छन् ।
झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी छलफलका लागि बिहानै प्रचण्ड निवास पुगेका थिए ।
बिहान ९ बजेदेखि जारी बैठकमा पार्टीको आज बस्ने स्थायी कमिटी बैठकका एजेन्डा के बनाउने भन्ने विषयमा छलफल जारी रहेको खुमलटार स्रोतले जनाएको छ ।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच चोचोमोचो भएको भन्दै वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका थिए।
सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।