नेपालीको उद्दारमा साउदी बाट नेपाल एयरलाइन्सको चार्टर उडानको टिकटमा बिचाैलियाहरुले महंगोमा टिकट बिक्रि गर्ने प्रयास गरेको खुलेको छ ।एयरलाइन्सले टिकटको लागि ताेकेकाे आधिकारिक ट्राभल्स भन्दा अन्य रियाद र नेपालका केही ट्राभल्सले त्यस्तो गरेको खुलेको हाे ।नेपाल एयरलाइन्सले ताेकेकाे आधिकारिक ट्राभल्स जियाेल्यान्ड र गिल्ट ट्राभल्सका साउदी अरबका प्रतिनिधि सुरेशराज त्रिपाठीले केही ट्राभल्सहरुले टिकट मिलाउने बाहनामा महंगो टिकट विक्रि गर्ने प्रयास भएको बताए ।उनलेे यस्तो चलखेल बाट सतर्क रहन सबैलाई आग्रह पनि गरेका छन ।
केही ट्राभल्सले टिकटमा कालाे बजारी गर्ने कोसिस गरेको जानकारी प्राप्त भएकोले साउदी अरब बाट नेपाल जानको लागि नेपाल एयरलाइन्सले तोकेको ट्राभल्स बाट नै टिकेट लिनुहोला र एयरलाइन्सले तोकेको दर भन्दा बढी कसैले लिएमा तुरुन्त जानकारी गराउनुहोला त्रिपाठीले भने ।नेपाल एयरलाइन्स मार्फत साउदी बाट हुने उडान अन्तर्गत जद्दा बाट नेपाल भाडा ७१ हजार ५ सय,दमाम बाट ५२ हजार १ सय र रियाद बाट ५६ हजार ३ सय ताेकिएकाे छ ।
साउदीकाे रियाद बाट नेपाल फिर्ता हुनकाे लागि ५६ हजार ३ सय नेपाली रुपैया भाडा रहेको तर काठमाडौ स्थित एबि ट्राभल्सले यात्रु बाट ६० हजार पाँच सय रकम लिएको सिलिप सार्वजनिक भएको छ ।यस बिषयमा एबि ट्राभल्सका संचालक अरुण भट्ट सँग सम्पर्क गर्दा आफुले यात्रु सँगकाे सहमतिमा अतिरिक्त खर्च स्वरुप तीन हजार सात सय बढि रकम लिएको स्विकारे । टिकट पाएन भनेर यात्रु आउनु भयो , नियतबस आफुले नलिएको हुदा तत्कालै फिर्ता लिन आए उक्त रकम फिर्ता दिन आफू तयार रहेको भट्टले बताए । सरकारले बिदेशमा फसेका नेपालीको उद्दारकाे लागि गरेका चार्टर उडान टिकटमा कालाे बजारी हुने गरेको भन्दै आलोचना हुने गरेको छ ।