मैले धेरै साउन पार गरि सके तर साउने झरी झै मेरि आमाका दुख अझै उस्तै छन। साउनको झरी,मकैको बारिले हुसुक्कै बुरेको मेरो गाउँ, कतै पनि न देखिने,बाबा हाट गएका ,दाइ- दिदी स्कुल गएका, घरमा बुढि बइ मात्र ।बाल्ने दाउरा थिएनन होला, त्यो अध्याराे रात,भात खाने चामल त झन कहाँ हुनु ,तेल पनि घस्नलाई मात्र ,सबै समान जोहो गर्न पनि सकेकी थियनौ होला।अभाव ,सघर्ष,र दुख त्यतिबेलाका अहिले जाे सिलाेक बन्छन् ।त्यहि अभावमा ,त्यहि साउनकाे पाँच गते मेरी आमाले जन्माएकि छाेरि म ।
मेरी आमा बिहानैको एक भारी घाँस ल्याएर ,हतार हतारमा खाना खाएर फेरि साँझको भारि घाँस काटन जंगल गएकि थियौँ हाेला ।जति बेला सम्म म तिम्रो पेट भित्रनै थिए ।त्यति धेरै भारी घाँस काट्दा पनि तिम्रो शरीर साच्चिकै फुर्तिलो थियो होला है मेरी आमा ? किन कि म अझै तिम्रो तीन बीस काटेको शरीरमा पनि उस्तै फुर्ती र खुसी देख्छु।
तिमि आमा त पहिले नै बनिसकेकी थियौ, फेरि मेरि प्यारी आमा बन्दै थियौ, तर तिम्रो साथमा तिम्रो प्यारी आमा भन्ने थिएनन । तिमिले आमा को माया कस्तो हुन्छ सानै देखि महसुस गर्न पाएनाैँ र पाएकी छैनौँ। जसरी मैले मेरी संसारकि प्यारी आमा पाएकी छु अनि तिम्रो माया पनि । मेरो जन्मको बारेमा तिमिलाई न कुनै डाक्टर ले मिति दिएका थिए , न त लिङ्ग नै बताइदिएका थिए ? तर तिमिलाई म कान्छी छोरी चाहिएको थियो र ढुक्कका साथ दुई छोरी दुई छोरा बनाउने रहरले मलाई जन्म दिने खुसी मन भरी थियो र पूरा पनि भयो।
म आजै जन्मिन्छु भनेर पनि तिमिलाई त्यो बिहानै कुनै पीडा महसुस न हुदा पनि सायद मिति पुगिसक्याे होला भनेर थाहा भै सकेकोले तिमी भोलिको काम पुर्याउन हतार थियौँ । कति बलवान् मेरि आमा अनि कति सहसी र कति शक्तिशाली मेरी आमा । म अन्तिम कान्छी छोरी भएर पनि होला केही अनुभव भने पक्कै थियो तिमिलाई । म तिमी भन्दा लगभग आधा उमेरले कान्छी हुला । तिम्रो जस्तो तागत र फुर्ती म सँग छैन आमा , तर ‘मेरी आमा’ आमा बन्नु सजिलो कहाँ रहेछर, बल्ल म आमा बने पछि बुझे तिम्रो सबै पीडा, ९/९ महिना पेटमा बोक्दाको पीडा, त्यो प्रसब पीडा,अनि सन्तान हुर्काउन त झन कति हो कति पिडा।
आमा तिमिले त झन मेला पात गरेर मलाई उच्च शिक्षा हासिल पनि गरायौँ, मैले त्यो अनुभव अझै कहाँ बटुलेकी छु र ? आफुले नखाई नलाई मलाई पालेको तिम्रो तितो अनुभव तिमिले तिम्रो सन्तानको लागि गरेको त्याग म बर्णन कसरी गरु तिम्रो दुख र पिडाको जिन्दगी? मेरो छोराको लागि यो पहिलो साउन हो अरु धनि आमा जस्तै सेवा सुबिधामा त म पनि कहाँ छु र ?
तर तिम्रो स्थिति भन्दा धेरै गुणा सेवा सुबिधामा छु आमा ,त्यसमा पनि हरेक दिनको तिम्रो सल्लाह सुझाबले झन उर्जा दिन्छ।आमा म तिमिलाई त्यति बेला सम्झन्छु कि खान खादा छोराले दिसा पिसाब गरि दिन्छ अनि खादै गरेको हात पगालेर भातको थाली उता लाए र दिशा सफा गर्न जादा मेरि आमा झन दिन भरिको काम एक्लै कसरी गरिन होला सम्झन्छु ? रात भरी ओछ्यान पिसाबले भिजाउदा,कपडा भरी सबै बिगारेर कुनै दिन त लाउने कपडा नै नराखी छाेराले बिगार्दा मेरी आमा सम्झन्छु ।आमा मेरा छाेराका मौसम अनुसारका धेरै लता कपडा छन र पनि मलाई हैरान हुन्छ, उसको स्याहार गर्न तर त्याे जमानामा मेरी आमा मलाई कसरी स्याहारसुसार गर्याै हाेला ? तिम्रो यौटा धोतीमा मात्र ?त्यो एउटा तिम्रो लाएको धोतिले मेरो याे उज्यालो भविष्य कसरी देखायो आमा ? बर्खे झरिको बेला कसरी दिन कटायौ मेरी आमा ? जबकी तिम्रो त्यो धोती त घाँस काटन गएको बेलामा नै भिजेको हुन्थ्यो होला ? म मेरो छोरा तिम्रो प्यारो मुटु नातिले पिसाब फेर्छ कपडा धुन धौ हुन्छ भनेर कहिले कसो डाईपर किन्न पसल छिर्दै गर्दा सम्झिन्छु, यो पैसा मेरी आमा सँग भएको भए के दिशा पिसाब फालिदिने यो डाईपर किन्थिन होला? बरु कपडा नै धुन्थिन किन किन कि यति पैसा कमाउन तिमिले आफ्नो रगत बगाएकी छौ ।
बाहिर मुसल धारे पानी पर्दै गर्दा म भित्र मेरो परिवारको क्षमताले भ्याएको मिठो परिकार ग्यासमा पकाई रहेकी हुन्छु आमा ,अनि सम्झन्छु मेरि आमा त्यो साउने झरिमा सुत्केरि हुँदा चिसो चुलो अनि भिजेको दाउरा खोज्दै के पकायर खायाै होला ? जब कि आज सम्म पनि तिमी दाउरामै पकाउदै छौ मेरी आमा । आमा म सुत्केरी हुदा तिमिले दिनभर काम गरेर पनि ३/३ महिना उहीँ सानी बच्ची छोरी सम्झेर मलाई र मेरो बच्चोलाई स्याहारेर मिठो खुवायौ तर पनि फेरि मैले,तिम्रो कुनै दिन मन दुखाए हाेला,आमा तिमी म जन्मेको १० दिनमै कसरी जङ्गल गयौ घाँस दाउरा गर्न? साच्चिकै आमा तिमी महान छौ,अझै फोन गरेर भन्दै छौ कि कान्छी एक्लै दिन भरी केटा केटीको धरालो गर्न धौ हुन्छ, छोराले तलाई दिन भरी हैरान पार्छ होला यहाँ आईज म हात फेरि दिउला हामी छौं ।’तिमी मेरो लागि जिउदो भगवान हौ आमा।’म कोठा भित्रकै कामलाई ठुलो सोच्छु अनि गर्न सक्दिन।पहिले जस्तै अरु अभाब नहोला ३ बिस काट्दा पनि फुर्तिका साथ एउटा दुहुनो भैंसी एक हल गोरु २/४ वटा बाख्रा पालेकी छौ, अनि बाबाको पनि उतिकै ख्याल गरेकी छौ ।
कसरी गरेकी छौ मेरि आमै? मलाई लाग्छ मेरो यस्तै ज्यान दुखाई हो भने म २ बीस पनि टिक्दैन होला? आमा तिमिलाई तिम्रो स्वास्थ ज्यान र बलियो मुटु अनि बिशाल हृदय भगवानले दिएकै हुन धन्ने छ भगवान तिमिलाई। साच्चिकै त्यो समयमा जबकी टाउको दुखाई सन्चो पार्ने सिटामोल नपाईने ठाउँमा कुनै सेवा सुबिधा न भएको ठाउँमा मलाई सकुशल जन्म दिएर सकुसल जोगाएर राख्याै । तिमिलाई मैले आज सम्म केही दिन सकेकी छैन आमै तर बाबा तिम्रो लगानी र आमाको ममता अनि तिमी दुबै जनाको दुख कष्ट भने कदापि भुलेकी छैन र भुल्दिन पनि मुखले कहिले नमिठो बोले हुला तर पनि मेरो मुटुमा पहिलो स्थानमा मेरो बाबा-आमा छौ ।आज म भगवान शीत अरु केही माग्दिन मेरो बाबा आमाको खुशी र सु- स्वास्थ अनि दिर्घायुको भिक्षा माग्छु । मेरो बिन्ती छ मैले खुसि दिन नसकुला तर भगवानले पनि दुख नदेउ मेरो बाबाआमा लाई अझै धेरै आयु थपिदेउ दुबै जना सँगै धेरै बाचिरहुन अनि मैले तिमिलाई हेरिरहु यी आँखाले।मेरो बाआमा जस्तै दुखमा पनि छोरा छोरिको उज्ज्वल भबिस्य देखाउने सबै बा आमालाई कोटि कोटि प्रणाम छ।
– साउन ५ गते आफ्नो जन्म दिनको अवसरमा पुष्पा ओलीले लेखेकाे सामाग्री