सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । बैठकले चैत २५ गते १२ बजेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
आइतबारको मन्त्रिपरिषद् बैठकले १८ गतेपछि सात दिन लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यो निर्णयसँगै चैत २५ गते राति १२ बजेसम्म लकडाउन हुने भएको छ।
सँगै मन्त्रिपरिषद् बैठकले विभिन्न राहत घोषणाको निर्णय पनि गरेको छ । राहत र सहुलियतमा मजदुरदेखि वृद्धवृद्धासम्म र इमेल इन्टरनेटदेखि विजुलीसम्म रहेको छ ।साथै बिदेश जाने तयारीमा रहेका युवाहरूलाइ स्थानिय तहकाे समन्वयमा विवरण संकलन गरि प्रधानमन्त्री राेजगार कार्यक्रममा सहभागि बनाउने निर्णय पनि गरेकाे छ ।
यस्तै सरकारले नेपाल आउने अन्तर्रा्ष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध आउँदो वैशाख ३ गते सम्म लम्ब्याउने निर्णय पनि गरिसकेकाे छ ।कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको थियाे।