काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको हो ।
बाढी-पहिरो पीडितको उद्धारका लागि खट्न साउन १३ गते सम्मको लागि बैठक स्थगित गरिएको नेकपाले जनाएको छ ।
१ बजे बस्ने बैठकको तयारीका लागि अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । आजको बैठक केहीबेर बसेपछि स्थगित भएको थियो ।