पाैडि खेल्ने क्रममा रुकुम पश्चिमकाे बाँफिकाेट स्थित स्यार्पुतालमा बेपत्ता २ जना मध्ये एक जनाकाे शव फेला परेको छ। ।बाँफिकाेट ५ बस्ने सदु घर्तिको छोरा बर्ष २३ को लोक घर्ति मगर पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएकोमा उक्त स्थानमा खटिएको प्रहरी टोलीले उद्धार गर्दा १३:५० बजेको समयमा लोक घर्ति मगरको मृतक लास भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । अर्का बेपत्ता २१ बर्षका साेहिका अनिल घर्ती अझै बेपत्ता छन ।स्यार्पुतालकाे मुहानमा पाैडि खेल्दा दुबै बेपत्ता भएका थिए ।
उक्त स्थानमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेेेेेेन्द्र राज पौडेल र प्रहरी नायव उपरिक्षक ठग बहादुर के.सी सहितको टोली उद्धार कार्यमा खटेकाे पनि प्रहरीले जनाएको छ ।