कोरोना आशंकामा पाटन अस्पताल भर्ना भएर उपचार गरिरहेका एकजना बिरामीको सोमबार निधन भएको छ। ३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते नेपाल आएका थिए।
उनकाे आइसीयूमा उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले बताएकाे छ । उनको निधनकाेे कारण भने खुलेको छैैन।
धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती पुरुषकाे निधन काेराेना भाइरसकाे संक्रमणले भएकाे हाे या अरू कारणा भएकाे हाे ३ बजे रिपोर्ट आएपछि मात्रै थाहा हुने अस्पताल स्राेतले जनाएको छ ।
अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले सो अस्पतालमा कोरोनाको आशंकामा तीन जनालाई आइसोलेसनमा राखिएको बताए।