साउदी अरबका महामहिम महाबाणिज्य दुत श्री रेवती रमण पौडेलको कार्यकाल केही दिनमा समाप्त हुदै छ ।नेपालीहरुकाे राेजगारीकाे लागि एउटा प्रमुख गन्तव्यमा रहेको साउदी अरबमा महामहिम महाबाणिज्य दुत पाैडेले साउदी बसाइँकाे क्रममा प्राप्त गरेका अनुभव ,सम्पादन गरेका कार्यहरु तथा समस्याहरुकाे बारेमा हामीले कुराकानी गरेका छाै ।हाम्रा खबरका साउदी अरब प्रतिनिधि अभिषेक खरेलले महामहिम महाबाणिज्य दुत पाैडेल सँग गरेको कुराकानीकाे केही अंश –
तपाईको कार्यकाल सकिनै लागेकाे छ,तपाई साउदीमा रहदा के कस्ता अनुभुती प्राप्त गर्नुभयो ?
– धेरै अनुभुती र अनुभवहरु प्राप्त गर्ने अवसर पाए, म लगाएत मेरो दुतावास परिवारले गरेको सहयोगले आज महाबाणिज्य दुतावास फिलिपिन्स दुतावास पछि दोस्रो नम्बरमा कामगर्ने भनेर चिनिन्छ ।अरु धेरै त्यस्ता अनुभवहरु छन ।काम गर्ने क्रममा प्राप्त गरेका अनुभव र अनुभुतीहरु जीवनमा अविस्मरणीय पक्कै बन्ने छन ।
अन्य देशहरु भन्दा कठाेर कानुन रहेको देशमा नेपाल र नेपालीको अभिभावकिय रुपमा हुनुहुन्छ कस्तो लाग्छ ?
– साउदी अरबमा मेरो पहिलो आगमन २०१६ मा थियो । सुनाई र भोगाईमा फरक पाए । १करोड २० लाख बिदेसीलाई रोजगारी दिएको मुलुक अत्यन्तै संवेदनशील भएर हरेक कार्य सम्पादन गर्नेुपर्ने ।
साउदीमा रहेका नेपालीहरुको अवस्था कस्तो छ। यो महामारीको चपेटामा तपाईको क्षेत्रमा कति नेपालीहरु संक्रमित भए र महाबाणिज्यदुतावासको भूमिका कस्तो रह्यो ?
– समग्रमा साउदीमा हाम्रो कार्यक्षेत्र अन्तर्गतमा रहनुहुने नेपालीहरुको अवस्था राम्रै छ, । तर अहिलेको महामारीको कारण यत्तिनै नेपालीहरु संक्रमित भए भन्नेकुरा यसै भन्न नसकिने अवस्था छ । किनकी यहाँको स्वास्थ्य मन्त्रालय मार्फत मात्र जानकारी पाउने भएको हुनाले तैपनि महाबाणिज्य दुतावासले यो कुरामा अभिभावकिय भुमिका प्रदान गरेको थियो र छ पनि । हामी बिरामीहरु सँग प्रत्यक्ष सम्पर्क, नियमित भेटघाट त्यति मात्र नभई रातीमा अस्पताल सम्म पनि पुर्याउने काम गरेर बिरामीलाई मनोबल बढाउने कार्य पनि गरियो ।मासिक बैठकमा पनि जानकारी गराउने र समुदाय, संघ सस्था, NRNA को सहकार्यमा जानकारी दिने व्यबस्था गरियो । २० जना भन्दा बढी कामदार रहेका कम्पनि हरुमा सम्पर्क गरि सल्लाह सुझाव सहित संक्रमित रहेको नरहेको जानकारी लिने गरियो।
काेराेना भाइरस लकडाउनका बाजुद पनि महाबाणिज्यदुतावास बाट सेवाग्राहिले सेवा पाइरहेका छन् । यो कसरी व्यवस्थापन गर्नुभयो ?
– हामी लकडाउन भन्दा अगाडी पूर्णरुपमा तयारी अवस्थामा थियौ । हामीले लकडाउन र कर्फ्यु को बेलामा पनि दुतावासको हटलाईन नम्बर मार्फत काम गरेका प्रसस्त उदाहरणहरु छन्। जेद्दाहको सनैया भन्ने स्थानमा ३१ जना युवाहरु लाई सिटी एक्सप्रेस मनी ट्रास्फर जेद्दाह प्रतिनिधि मार्फत खबर पाए संगै NRNA र दुतावासको को सहकार्यमा खाद्यान्न उपलब्ध गराईयो। कोभिड १९ बाहेकका बिरामीहरुका लागि पनि औषधीको प्रबन्ध गरिदिएका थियौँ। जेद्दाहको लागी सरकारले तोकेअनुसार ६ वटा उद्दार उडान मध्ये आजका दिन सम्म ३ वटा उद्दार उडान भए जसमा ७ सय ४० जना नेपालीहरु जेद्दाह बाट स्वदेश फर्किनुभयो । कतिपय कम्पनिहरुको प्रधान कार्यालय रियाद, दमाम मा हुनेहरु त्यहिको बिमानस्थल बाट जानुभयो । हाम्रो क्षेत्रबाट १ हजार ८०० जति को नाम लिस्ट तयार रहेको जानकारी पनि गराउदछौ । अन्य देशको तुलनामा साउदी अरबबाट जाने हरुको संख्यालाई कम नै भन्नुपर्छ। म लगाएत हाम्रो टिमले हाम्रो क्षेत्रमा रहेका धेरै जसो ठुला कम्पनीहरुलाई रोजगारी लाई गुम्न नदिन सके सम्म घन्टा र घन्टा अनुसारको तलब मापन गरि दिनु भनेर अपिल गरेको र कर्मचारी बर्खास्त नगर्न र बहिर्गमन भिसा नदिन अनुरोध पनि गरियो। साथै कम्पनीहरुले सकारात्मकता नै देखाए र यो क्षेत्रमा फर्किने को संख्या कम नै छ। केहि कम्पनीहरुले कामदार घटाएको कारण केहि श्रमिकहरुको रोजगारी गुमेको पक्कै हो। सप्लाई मार्फत रोजगारीमा आउनेहरुको बिषयमा हामीले राख्नै पर्छ भनेर जोड दिएनौ।
साउदी अरबमा रहेका नेपालीहरुको समस्यालाई कसरी नियालिरहनुभएको छ । सबै ठाँउमा पुगेर श्रमिकका गुनासा सुन्न सम्भव छ त?
– पश्चिम क्षेत्र १२०० कि.मी को दुरीमा ७ वटा प्रदेश हेर्ने र करिब १ महिना मा समयानुकुल परे जाने समुदाय मा बैठक गर्ने गुनासाहरु सुन्ने गरेका छौ। कतिपय अवस्थामा पुग्न सकिदैन त्यसकारण बिभिन्न ठाउहरुमा नेपाली प्रतिनिधी नियुक्ति गरि राखेका छौ। जानकारी निरन्तर लिइरहेका हुन्छौ।
साउदी अरब या मध्यपूर्व क्षेत्रमै भनौ पहिलो पटक जिजान, नजरान क्षेत्रमा समुदाय मा जनचेतना कार्यक्रममा मेडिकल टिम सहित म आफै पुगेर स्वास्थ्य जाँच लगाएत जनचेतना दिएका थियौ। २०१६ मा यस क्षेत्रमा हृदय रोगका कारण , ट्राफिक नियममापरि , र मध्यपान सेवनका कारण ८४ जनाले ज्यान गुमाउनु पर्यो । यो कुराहरुलाई मध्यनजर गर्दा हामीले समुदायमा जनचेतनाका कार्यक्रम पनि संचालन गरियो । यस्तै गर्दै गर्दा प्रत्येक बर्ष मृत्युको संख्यामा पनि कमि आएको छ। ७४,/६४/ र हाल ४९ .
प्रबिधिले जोडेको संसारमा श्रमिकका घरमै पुग्नु पर्दैन र त्यो बातावरण हामीले तयार गरेका छौ। मेरो कार्यकालमा कुनै दिन दुतावासको १५३ कल सम्म उठाएका छौ । हामी निरन्तर सम्पर्कमै रहेका छौ । जुनसुकै बेला कल गर्दा पनि सम्पर्क हुने जानकारी पनि गरे । मलाई ठ्याक्कै नाम त याद भएन multi organ फेल भएको बिरामीलाई कम्पनी संग कुरा राखेर नेपाल पठाई दिएको ताजै स्मरण छ। यस्ता उदाहरणहरु धेरै छन ।
कम्पनि छोडेर अबैधानिक रुपमा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न महाबाणिज्यदुतावासको भुमिका के रहन्छ?
-२०१६ को कुरा हो साउदी सरकारले अबैधानिकलाई पठाउने खुल्दा हामीले धेरै लाई पठाएका थियौ। त्यसपश्चात हामीले यो सम्बन्धि सचेतना कार्यक्रम पनि चलायौ र अहिलेको अवस्थाममा जेद्दाहमा पहिलेको तुलनामा धेरै कम भएकोछ र हामीले ID नबनाइदिने, बर्ष सकिएपछि नविकरण नगरीदिने यस्ता कम्पनीहरुलाई कालो सुचीमा राखेका छौ । समस्यामा परेर जानकारी प्राप्त हुनासाथ कम्पनिसंग कुरा गरेका छौ , त्यसकारण पनि अहिले यो अबैधानिकको संख्या क्रमिक रुपमा घटिरहेको छ ।
राहत उडानका सम्बन्धमा कतिपय गुनासाहरु आए। महाबाणिज्य दुतावासले बास्तविक पिडीत भन्दा पहुचबालाहरुलाई बढी प्राथमिकतामा राख्यो भन्ने जनगुनासो छ के भन्नुहुन्छ ?
– हा हा हा … राहत उडानको निर्णय भन्दा पहिले नै नाम लिष्ट तयार गरेका थियौ । यो र यस्ता कुरा आउछन भन्ने पूर्वानुमान थियो तर यसमा दुतावासले पँहुचवाला लाई प्राथमिकतामा राखेको भन्दापनि जसले पहिले नाम टिपाउनु भयो उहाँहरुको नाम पहिले आयो र बिरामी, गर्भवती, र घरमा घटना घटेकाहरुको हकमा यो पछि नाम टिपाउने अगाडी जाने भन्ने कुरा हुदैन र यो बाहेक नियम संगत तरिकाबाट नै नामक्रम चलिरहेको छ।
बिभिन्न कारणबाट मुद्दा खेपेर जेलमा रहेका नेपालीहरुको अवस्था कस्तो छ? र कति नेपालीहरु अहिले जेद्दाहको जेलमा कुन कुन मुद्दा लडिरहेका छन ?
– जेद्दाहको जेलमा बिभिन्न केसमा रहेका नेपालीहरुको संख्या २५/३० जना हुनुहुन्छ। त्यसमा ३ वटा केसमा मान्छे मारेको अभियोगमा , कुटपिट/ आपसी झैझगडा , र मदिरा बेच बिखन रहेका छन्। मैले यो कुरा तपाई संग शेयर गर्नै पर्छ। मलाई नाम याद भएन तनहु दुलेगौडाको एकजना नेपाली ब्लडमनी तिर्न नसकेर जेलमा हुनुहुदो रैछ, उहाँको लागि पहल जारी थियो । अचानक साउदी सरकारी कानुनी सल्लाकार सँग भेटहुन पुग्यो र यो सबै कुरा उनलाई जानकारी गराए ,उनी साउदी कानुनी सल्लाहकार र मेरो पहलमा बल्डमनी रकम साउदी रियाल ३ लाख पहिलो पटक साउदी अरबमै नेपाली पिडितको लागि उपलब्ध हुदाकाे क्षण सम्झिरहन्छु । त्यसैले म तपाईको यो मिडिया मार्फत साउदी अरबमा रहनुहुने नेपालीहरुमा दश औला जोडेर बिन्ती गर्छु कि कानुनी र धार्मिक हिसावले पनि बर्जित गरेका कार्य गरेर जेल, नेल नपरौ । यो नगर्दा स्वास्थ्य बच्यो, दुर्घटना टर्छ। यो र यो सम्बन्धि सचेतना र बार्षिक क्यालेन्डर मार्फत पनि अपिल गरेका छौ , फेरीपनि अनुरोध यो गलत कार्यबाट बचौ र कानुनी रुपमा नदिएको कार्य प्रयोग नगरौ। “रोग लाग्नु भन्दा बाटो छेक्नु बेस” ।
महाबाणिज्य दुतावासको कार्यक्षेत्रमा रहेका वा साउदी अरबमा रहेका धेरै जसो नेपाली समुदाय हरु र श्रमिकहरु बिच लोकप्रिय अभिभावकको रुपमा परिचित हुनुहुन्छ , यसलाई पुष्टि गर्ने आधारहरु के हाेलान ?
– अहम… धन्यबाद यो प्रश्नको लागि खासै केहि गरिन मैले त मेरो जागीर र नेपाल सरकारले दिएको निर्देशन पालना मात्र गरेको हॅु।
क)पहिलो कुरा त म कहिले पनि समुदाय र साथीहरुसंग को भेटमा आफुलाई उच्चस्थानमा राखिन । आफुलाई मजदुरकै रुपमा सम्झे।
ख) समुदाय संघ संस्थाका साथीहरुबिच निरन्तर दोहोरो सम्पर्क स्थापित भयो ।
ग) दक्ष जनशक्ति ल्याउने कोशिस गरियो। जुन नेपाली नर्सहरुबाट सुरुगरियो। अहिले साउदी अरबमा ४० जना नर्सले रोगगार पाउनु भएको छ।
घ) नराम्रा कम्पनीहरुलाई स्वीकृत दिइएन र त्यस्ता कम्पनीहरुको प्रेसर थेग्न नसकेर रियाद राजदुताबासमा पनि जानकारी गराई स्विकृत रद्द गराईयो।
घ) कम्पनि भिजिट गरि अन्तरक्रिया गरियो र अहिले यो क्षेत्रको हकमा फिलिपिन्स राजदुताबास पछि नेपाली दुताबासको धेरै जसो कम्पनिले मुल्याकंन गरेको पाईयो।
ङ) मेरो पहिलो स्वागत कार्यक्रममा यँहा सामान्य मजदुरको तलब ८००+२०० गरि १००० थियो ।२/४ महिना पछि १०००+३०० बनाइयो ।
च) लोकसेवा पास नगरेको भए म पनि यँहा रहनुहुने नेपालीहरुमा गणना हुन्थे, तर आज म संगै कक्षामा अध्ययन गर्ने साथीलाई उद्दार गर्न पाउदा आफनै शरिरको पिलो बाट खिल निकाले जस्तो आन्नद प्राप्त गर्ने अबसर पाए ।
लाइसेन्स बिना गाडी चलाउदा दुर्घटना गरि क्षतिपुर्तिको व्यवस्था को लागी NRNA र नेपाल स्थित मेनपावर कम्पनि मार्फत क्षतिपुर्ति दिलाउने कार्य गरे संगै राजदुतावासलाई श्रमिकमैत्री बनाउने प्रयत्न गरे । सबै भन्दा ठुलो उपलब्धि नै श्रमिकमैत्री राजदुतावास नै हो।
तपाईं यहाँ बाट बिदा भएपछि तपाईंले स्थापना गरेका कतिपय सिस्टम र प्रणालीहरु लथालिङ्ग हुन्छन् कि भन्ने लाग्छ कि नाई ?
– सुरुवात गर्न गाह्रो । घर बनिसकेपछि त्यसमा बिस्तारै संरचनाहरु थपिदै जादा अझ राम्रो हुन्छ, भन्नेमा म विश्वस्त छु । अहिले को भन्दा अझ राम्रो होस शुभकामना पनि छ मेरो।
तपाईंको बाकी कार्य कार्यकाल जहाँ बसेपनि साउदी जस्तै सफल हाेस हाम्रो शुभकामना छ ।अन्तमा के भन्नुहुन्छ ?
– यहाँलाई यहाँहरुको यो मिडिया मार्फत यँहा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हजुरहरुको सहयोगले यहाँ सम्म गरियो, भोलीका दिनहरु सुनौला रहुन् कामना गर्छु ।नेपाली समुदाय हरुले निर्देशन गर्नुभयो, निर्देशन दिनुहुने परराष्ट्र मन्त्रायलय, राहत उडानका लागि उड्डयन मन्त्रालय तथा मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगीको भुमिका निर्वाह गरिदिनुहुने सम्पूर्ण प्रति हार्दिक नमन छ । म सेवा मा रहदा वा नरहदा पनि नेपालीको हितमा लाग्ने प्रतिबद्दता व्यक्त गर्छु। सबै कुरा सकारात्मक मात्र नभई मेरा कति नकारात्मक पनि होलान प्रत्यक्ष अप्रत्यक्ष रुपमा म बाट कुनै कि कमजोरीहरु भए क्षमा चाहान्छु।