केही समय संक्रमण कम भएको पूर्वी एसियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ। त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो ।राजधानी टाेकियाेमा एकै दिनमा धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको हो ।
बिबिसीका अनुसार त्यहाँ ६८ जनामा कोरोना भाइरस संक्रमण भएकाे हो । हाल सम्म जापानमा जापानभरि कुल १७३ जानमा सङक्रमण देखिएको छ। छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन गरिएको छैन। घरमै बस्न गरिएको अनुरोधलाई धेरै टाेकियाेवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ।
एक प्रख्यात जापानी हास्य कलाकार केन शिमुराको पनि कोरोनाभाइरसका कारण ज्यान गएको खबर छ। उनी ७० वर्षका थिए। यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन्।