
सिद्वाश्रम शक्ति केन्द्रको आयोजनामा ८७ ओैँ सद्गुरुदेव अवतरण महोत्सव तथा संस्थाको २३ ओैँ वार्षिकोत्सब कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आध्यात्मिक शक्ति अनुसन्धान संस्था सिद्वाश्रम शक्ति केन्द्रले काठमाडौ बसुन्धारा स्थित गोरक्ष निखिल जोति दिव्य विद्या आश्रममा भव्य कार्यक्रमको आयोजना गरि मनाएको हो ।प्रार्थना ,स्तुति वन्दना,स्तवन,पाठ आदि बाट ८७ ओैँ सदगुरुदेव अवतरण महोत्सव र संस्थाको २३ ओैँ वार्षिकोत्सब सम्पन्न गरिएको संयोजक विन्देश्वरी बरालले जानकारी दिनुभयो ।

उपत्यकाका विभिन्न ठाँउ बाट सयौंको सहभागीतामा सम्पन्न उक्त कार्यक्रम विविध धार्मिक भजन नृत्य तथा गितहरु प्रस्तुत गरिएको थियो । कार्यक्रमको सहजीकरण संयोजक विन्देश्वरी बराल, संयोजक रामजी अर्यालले गर्नु भएको थियो । कार्यक्रम संचालन सहजीकरण माधव बस्नेत,सुरेन्द्र थापा उमेश केसी आदिले गर्नु भएको थियो ।उक्त अवसरमा गुरुदेवको ८७ औँ जन्मदिनको उपलक्ष्यमा केक समेत काटिएको थियो ।

परमपूज्य सद्गुरुदेव परमहंस स्वामी श्री निखिलेश्वरानन्द महाराज १९३५ अप्रिल २१ तारिखको दिन डा.नारायण दत्त श्रीमाली स्वरुप मा जन्म लिनु भएको दिन लाई सस्थाले अवतरण दिवसको रुपमा मनाउदै आइरहेको छ।। देशका ५० बढि ठाँउमा सिद्धाश्रम शक्ति केन्द्रका गुरु आश्रमहरु रहेको उक्त सिद्धाश्रमले विगत समय देखि रोट महोत्सव पनि गर्दै आएको छ ।

यस पटक १९ औँ रोट महोत्सव गोरखा जिल्लाको गोरखा दरबार गोरख गुफामा आउदो जेष्ठ २ गते बैशाख पूर्णिमा देखि ११ दिन सम्म संचालन हुने बताइएको छ । उक्त कार्यक्रमा आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामाग्रीको लागि सहयोग पनि खुल्ला गरिएको आयोजकले जनाएको छ । यस पटक संचालन हुने रोट महोत्सव १९ र्औ रोट महोत्सव हो ।
