
हाना आइडल…..
नेपाली काँग्रेसका सभापति शेर बहादुरदेउवा ,गठबन्धनका संयोजक काँग्रेस नेता रामचन्द्र पौडेल र सभापतिमा हारेका काँग्रेस नेता प्रकाशमान सिंहको यतिबेला मति उल्टो गतिमा चलेपछि काँग्रेस राजनीति भद्रगोलमा फसेको छ ।यी तीन जनाले कम्युनिस्ट सँग आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने अड्डि कसेपछि अपेक्षाकृत काँग्रेस राजनीतिको उत्साह निराशाजनक अवस्थामा पुगेको छ ।
यी तीनको व्यक्तिगत स्वार्थका कारणले बन्न थालेको कम्युनिस्ट सँगको गठबन्धन साच्चिकै अपवित्र र अस्वभाविक हो । यहि गठबन्धनले देशभर काँग्रेस राजनीतिमा हलचल मञ्चिएको छ ।धेरैले काँग्रेस छाड्दै छन् ,पूर्व देखि पश्चिम सम्म गठबन्धनको विरोधमा पाटीका नेता कार्यकर्ता काँग्रेस बाट राजिनामा दिइरहेका छन् ।गठबन्धनको नकारात्मक सन्देशका कारणले स्थानीय तहको निर्वाचनमा शहर बाट गाउँमा भोट हाल्न काँग्रेस कार्यकर्ता तथा शुभचिन्तक नजाने पक्षमा छन् ।यसको दिर्घकालिन असर बारे काँग्रेस नेतृत्व अनबिज्ञ जस्तै छ । यही कारणले काँग्रेसको भविष्य गम्भिर संकटमा फस्दै छ । यसको मुख्य दोषि यी तलका तीन नेताको यी स्वार्थका कारणले हुदै छ ।
यी तीन नेताको गठबन्धन स्वार्थ यस्तो छ
शेर बहादुर देउवा फेरि प्रधानमन्त्री हुन यो गठबन्धन जोगाइरहन चाहान्छन,उनको स्वार्थ फेरि प्रधानमन्त्री बन्नु हो ।कार्यकर्ताहरुलाई गठबन्धनका इमानदार बन्न देउवाले कडा निर्देशन दिइरहेका बेला उनकै गृह जिल्ला डडेल्धुरामा भने गठबन्धन नहुने भएको छ ।यसको नैतिक जवाफ भने देउवा सँग छैन ।
रामचन्द्र पौडेलले गठबन्धनको लागि मरिहत्ते गर्नुमा अरु केही कारण नभई तनहुँमा गोबिन्दराज जोशीको डरले हो ।हिजोआज पौडेलले भाषणमा भन्छन् लोकतन्त्र बचाउन यो गठबन्धन रे रु लोकतन्त्र केही खतरामा छैन ,खासमा रामचन्द्रको राजनीति तनहुँमा गोविन्दराजका कारणले खतरामा छ ।यहि कारणले उनी अरु पाटीको सहयोग चाहेका हुन ।यहि कारणले रामचन्द्रले विपिको विचार काँग्रेसको सिद्धान्त भुलेर प्रचण्डपथमा लम्पसार परेका छन् ।
यस्तै गठबन्धनमा मरिहत्ते गर्ने अर्का मुख्य पात्र हुन गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह ।प्रकाशमानले गठबन्धनमा बल गर्नुमा उनको स्वार्थ छ आफ्नो श्रीमती सृजना सिंहलाई काठमाडौको मेयर बनाउने ।पार्टीको आन्तरिक शक्ति संघर्षले अर्को मोड नलिएमा कांग्रेसले काठमाडौं महानगरको प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरिसकेको छ । त्यसरी सिफारिस भएको नाम प्रदेश हुँदै केन्द्रमा जाने र केन्द्रीय कार्यसमितिअन्तर्गत बन्ने संसदीय समितिले महानगरको उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । काँग्रेसमा बुवा गणेशमान सिंहले गरेको योगदान ,निष्ठा र इमानदारीतालाई ओछ्यान बनाएर प्रकाशमान कम्युनिस्ट सँग सहकार्य गर्न पुगेका हुन ।
यी नेताहरूको व्यक्तिगत कारणले नेपाली काँग्रेसमा आस्था राख्ने लाखौं कार्यकर्ताहरु आज दास बन्नु परेको छ ।नेतृत्वमा रहेका यी व्यक्तिहरुले काँग्रेस सिद्धान्त ,विचार र निष्ठालाई अपमान गरेका छन् ।काँग्रेस कार्यकर्ताहरु अब यिनको दास नबनेर नेपाली काँग्रेसको चारतारा झण्डा र रुख चिन्हलाई आत्मासाथ गर्दै अगाडि बढ्नु पर्ने अवस्था आएको छ ।
नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता कि त अवसरवादि हुन कित दास हुन भनेर विपिले भन्नू भएको छ ,हामी आधुनिक युगका काँग्रेसहरु नत दास हौ न त अवसरवादि नै हौ ।हामी सुधारिएको काँग्रेसमा विचार राख्ने एक प्रतिबद्ध कार्यकर्ता हौ,हामी नेतृत्वको गलत प्रवृत्ति र आचरणको खुलेर विरोध तथा प्रतिकार गर्छौं ।अबको काँग्रेस राजनीति त्यहि प्रतिकारको मोडमा पुगेको छ ।काँग्रेसमै रहेर यिनका गलत शैली र आचरणको खुलेर विरोध गरौ जय नेपाल ,जय नेपाल