
माओवादीकाे प्रभाव रहेको रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेकपा माओवादीका स्थापित युवा नेता सुन्दर ओलीले वडा नम्बर १ मा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । द्वन्द्वकाल देखि माओवादीमा आबद्ध ओली विद्यार्थी राजनीति हुदै पार्टीको राजनीतिमा क्रियाशील थिए ।उनको उम्मेदवारीलाई माओवादी विरुद्धको उम्मेदवारी रुपमा लिइएको छ ।
ओली माओवादी केन्द्रको त्रिवेणी गाउँपालिकाकाे वरिष्ठ उपाध्यक्ष समेत हनुहुन्छ । यस वडामा माओवादीले मतदानबाट अध्यक्षको उम्मेदवार टुंग्याएको थियो । ओलीको उम्मेदवारी दर्ताले माओवादीलाई असर गर्न सक्ने आकलन गरिएको छ ।
त्यस्तै महिला सदस्यमा त्रिवेणीमा कमला बोहरा, दलित महिला सदस्यमा लालसरा कामी र खुला सदस्यमा खडकबहादुर पुनले पनि स्वतन्त्र बाट मनोनयन दर्ता गराएका छन् ।