इन्छन अन्तर्राष्ट्रिय विमानस्थलले सरकारलाई पीसीआर परीक्षण रहित आगमनलाई अनुमति दिन अनुरोध गरेको छ।दक्षिण कोरियाली सरकारको इन(बाउन्ड पर्यटन वर्षको अन्त्यसम्ममा पूर्व(महामारी स्तरमा फर्किने अपेक्षा स्वरुप विमानस्थलले विश्वका जुनसुकै देशबाट कोरिया प्रवेश गर्ने यात्रुहरुलाई अनिवार्य पिसिआर परिक्षण रिपोर्ट फुकुवा गर्न सरकार संग अनुरोध गरेको हो।
इन्छन अन्तर्राष्ट्रिय विमानस्थल निगम आईआईएसीले सोमबार, विमानस्थल परिसरमा पत्रकार सम्मेलनमा द्रुत एन्टिजेन परीक्षण साथै आगमनहरूको लागि अनिवार्य पीसीआर परीक्षणलाई प्रतिस्थापन गर्न भूमि, पूर्वाधार र यातायात मन्त्रालयलाई प्रस्ताव गरेको छ।द्रुत एन्टिजेन्ट टेस्ट परिक्षणमा लक्षणहरू भएका वा उच्च जोखिम भएका क्षेत्रहरूबाट आएकाहरूका लागि मात्र अनिवार्य परीक्षण कायम राखी अन्य देशहरुलाई सबै परिक्षण तथा क्वारेन्टाईन नियम हटाउन प्रस्ताव गरेको हो।
हालको नियम अन्तर्गत, पुर्ण खोप लगाएको सर्टिफिकेट भएका सबै इनबाउन्ड यात्रुहरूले उनीहरूको कोरिया आगमनको पहिलो दिनमा परीक्षण गर्नुपर्छ र आइपुगेको छ देखि सात दिन भित्र पुन एन्टिजेन्ट परीक्षण गर्नुपर्छ। यी नियमहरु उल्लङ्घन गर्नेहरूले अधिकतम एक वर्षको जेल सजाय वा १० मिलियन वोन जरिवाना तिर्नुपर्ने हुन्छ।एयरपोर्ट अधिकारीहरुले प्रस्ताव गरेको पिसिआर परिक्षण रिपोर्ट पेश गर्नुपर्ने अनिवार्य नियम यदि पास भयो भने २ बर्षदेखी थला परेको पर्यटन व्यावसाय तङ्ग्रिने र देशलाई थप आर्थिक क्षतिबाट जोगाउन मद्दत पुग्ने अनुमान गरिएको छ।विश्वका ५९ देशहरूमा इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट नन(स्टप एयरलाइन सेवाहरू सञ्चालन भइरहेका छन्।युरोपेली राष्ट्रहरू लगायत ३९ देशहरूले अन्तर्राष्ट्रिय आगमनका लागि पीसीआर परीक्षण रिपोर्ट पेश गर्नुपर्ने नियम पहिले नै हटाएका छन्।
आईआईएसीले डिसेम्बर २०१९ देखि, एयरपोर्टमा बेलुका ८ बजे देखि बिहान छ बजे सम्म लाग्दै आईरहेको उडान प्रतिबन्ध हटाईसकेको छ।कोभिड–१९ का केशहरुमा कमी आएपछि र क्वारेन्टाइन नियमहरु हटाएर यस वर्षको जनवरीदेखि मार्चसम्म कोरिया भित्रिने यात्रुको संख्या १० लाख ८० हजार नाघेको छ, जुन गत वर्षको ५५९,७१९ को तुलनामा ९४ प्रतिशतले बढी हो ।
यस महिनाको पहिलो दुई हप्तामा कोरिया प्रवेश गर्ने यात्रुहरु तीन गुणा बढेर २,७०,३७८ पुगेको छ जुन गत वर्षको सोही समयमा ८२,२२१ थियो।गत अप्रिल १ बाट सेल्फ(आइसोलेसन तथा क्वारेन्टाईनका नियम हटाएसंगै कोरिया प्रवेश गर्ने यात्रुहरुको सङ्ख्या ९४ प्रतिशतले बढेको छ।इन्छन विमानस्थलले प्रस्ताव गरेको पिसिआर रिपोर्ट पेश विनै कोरिया प्रवेश गर्ने अनुमती प्रस्ताव भूमी र स्वास्थ्य मन्त्रालयहरूले स्वीकार गर्ने कि नगर्ने अनिश्चित छ।
पत्रकार गरुदत्त न्यौपानेले तयार पारेको सामाग्री साभार