
नेपाल नियमित उडान सुरु हुने पर्ने लगायत विभिन्न माग राखेर कोरियाको नेपाली दूतावास मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाइएको छ। नेपाली जन-सम्पर्क समिति कोरियाको नेतृत्वमा कोरियामा क्रियाशील राजनीतिक संगठनहरु प्रवासी मंच, नेपाली जनप्रगतिशिल मंच, प्रवाशी नेपाली एकता समाज ,नेपाली समाज र प्रवासी नेपाली एकता समाजले दक्षिण कोरियामा रहेका नेपालीहरुले महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य भएको भन्दै तत्काल नियमित उडान शुरु हुने पर्ने माग राखेर ज्ञापन पत्र बुझाएका हुन्।
पछिल्लो समय नेपाल र कोरिया दुवै मुलुकमा कोरोनाको प्रकोप सामान्य बन्दै गएपनि नेपाल -कोरिया -नेपाल चार्टर्ड उडानले धेरै नेपालीहरुले महँगो शुल्कमा यात्रा गर्न बाध्य भएको भन्दै सामाजिक संचालमा चर्को रुपमा कुरा उठेपछि यहा क्रियाशील राजनीतिक संगठन एकजुट भएर सौल स्थित नेपाली दूतावास पुगेका थिए।
नेपाली जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षत्री, पूर्वसभापति गिरिराज कुंवर ,प्रवासी मंचका सल्लाहकार ध्यान राई , जन प्रगतिशील मंचका प्रतिनिधि श्री श्रेष्ठ , प्रवासी नेपाली एकता समाजका अध्यक्ष शुभराज भोम्जन, नेपाली जनसम्पर्क समितिका सल्लाहकार यदु लामिछानेले कार्यवाहक राजदूत राम सिंह थापा मार्फत पर्यटन मन्त्रालय, परराष्ट्र मन्त्रालयलाई बोधार्थ गर्दै प्रधानमन्त्रीलाई उक्त ज्ञापन पत्र बुझाएका हुन्।