राेजगारीकाे लागि आकर्षक गन्तव्यकाे रुपमा रहेको दक्षिण काेरिया र नेपाल बिच काेराेना भाइरसका कारणले अबरुद्ध नियमित हवाइ सेवा अझै सुचारु हुन सकेको छैन ।
आउदो जुन महिनामा पनि कोरीयन नेपाल काेरिया सिधा उडान नगर्ने निश्चित भएको छ ।कोरियन एयरले निकालेको जुन महिनाको तालिकामा नेपालकाे नाम समावेश छैन । नियमित उडान गर्न विभिन्न तह बाट दबाब दिइएको भएपनि काेरियन एयरले यसलाई गम्भीरतापूर्वक लिएन ।
काेराेना भाइरस महामारी नेपालमा न्यूनीकरण भएपनि नेपाल उडानको प्राथमिकता परेन ।हाल काेरिया नेपाल चार्टर्ड मार्फत उडान भइरहेकाे छ । चार्टर्ड फलाइटमा निकै महँगो रकम तिरेर सेवा लिन बाध्य भएका छन् ।
कुन कुन देशमा नियमित उडान हुँदैछ हेर्नुहोला