रामेछापको दुई मतदान केन्द्रमा हवाई फायर भएको छ ।
सुनापति र खाडाँदेवी गाउँपालिकाको मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।
सुनापतिको वडा नं. २ मा मतदान केन्द्र बाहिर एउटा पक्षले अर्को पक्षकालाई कुटपिट गरेपछि तनाव सुरु भएको थियो । त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको पहाडीले बताए ।