गैरआवासीय नेपाली संघको आपतकालीन राहत कोषमा जम्मा भएको भनिएको एक करोड ३० लाख रकमको बिषयलाइ लिएर एनआरएनए दक्षिण कोरिया प्रति नागरिकको तिव्र आलोचना सुरु भएको छ । केही दिन अगाडी कोरियामा एक नेपाली एक हेल्थ किट अभियान चलेको थियो।यस अभियान नेपालीहरु उल्लेखनीय एकता र सहयोग देखिएको थियो । नेपालमा स्वास्थ्य सामाग्री किनेर पठाउने ध्येयका साथ सुरु गरेको उक्त अभियानमा एक करोड चालिस लाख हाराहारी रकम पनि जम्मा भयो । आवश्यक भन्दा बढि रकम जम्मा भएपछि एनआरएनएले छोटो समयमै अभियान रोकेर स्वास्थ्य सामाग्री नेपाल पठाउने तयारीमा जुट्यो ।
सामान खरिदको सबै तयारी पुरा भए पनि नेपाल सामान पठाउन प्राविधिक समस्या भए पछि अर्को विकल्प कुरेर बसेको छ । तर सोमबार एउटा बिषयले कोरियामा एनआरएनको चर्को आलोचना भयो । एनआरएनए केन्द्रीय पहलमा स्थापना भएको (गैर आवासिय नेपाली संघको आपतकालिन कोष)मा दक्षिण कोरिया बाट एक करोड तीस लाख सहयोग भएको विवरण सार्वजनिक भयो । यहि विषयले निकै क्रिया प्रतिक्रियाहरु पनि जन्माए । पक्ष विपक्षमा सामाजिक सञ्जाल पनि तातियो ।यस विषय खास के हुन सक्छ ? हाम्रा खबर टिमले केही स्वतन्त्र तथ्य खोतल्ने प्रयास गरेको छ ।
खास भएको के थियो ?
एनआरएनको केन्द्रिय कोषाध्यक्ष महेश कुमार श्रेष्ठले राहत कोषमा हाल सम्म जम्मा भएको एउटा विवरण सहित फेसबुक मा पोस्ट गरे । उक्त पोस्टमा कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र प्रदेशमा समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीवहिनीहरुलाई सहयोग गर्ने उद्देश्यले स्थापित गैर आवासिय नेपाली संघको आपतकालिन कोषमा हाल सम्म जम्मा भएको राहत विवरण यस प्रकार भनिएको थियो । उक्त विवरणको एक नम्बरमा एनआरएनए दक्षिण कोरिया बाट सहयोग एक करोड ३० लाख भन्ने थियो ।
श्रेष्ठको फेसबुकमा राखिएको त्यही विवरणलाइ जस्तो छ त्यस्तै कपि गरेर पत्रकार महासंघ कोरियाका अध्यक्ष रञ्जन कुँवरले फेसबुकमा शेर गरे । कुँवरले राखेको स्टाटस पढेपछि कोरियामा बसोबास गर्ने धेरैले थाहा पाए अनि सुरु भयो आलोचना ।रञ्जन कुँवरको स्टाटसमा धेरैले सो बिवरणमाथी टिप्पनी गदै ब्यापक बिरोध गरे । उक्त विवरण आफुले कपी गरेर जानकारीको लागी मात्रै शेर गरेको कुरा कुँवरले धेरैलाइ बताउनु प¥यो । सत्य पनि त्यही थियो केद्रिय कोषाध्यक्षले शेर गरेको विवरण लाइ कपि गरेर कुँवरले सुचनाको लागि मात्रै शेर गरेका थिए ।त्यो बाहेक कुँवरको कुनै आफनो निजि धारणा वा बिचार राखेका थिएन ।

तर एनआरएनए दक्षिण कोरियाका केही पदाधिकारीहरु कुँवर प्रति पुर्वाग्राह राखेको जस्तो देखियो । उनीहरूले कुँवरले शेर गरेको विषय समाचार सम्झे ।अनि फेसबुक शेर र समाचार लाई एउटै घानमा हालेर सानो नोटिस समेत जारि भयो ।
हतारमा जारि गरिएको सुचनामा लेखिएको छ हामीले कहि कतै राहत जम्मा गरेको पनि छैन जम्मा गर्ने कार्यक्रम पनि छैन समाचार वा सुचना प्रकाशित गर्दा हामी सग सहकार्य गर्नु । उक्त नोटिस एउटा उर्दी जस्तो पनि थियो । तर यस बिषयमा न पत्रकारहरु जोडिएका थिए न त रञ्जन कुँवरले नै । बरु धैर्य गरेर यस बिषयमा केन्द्रीय कोषाध्यक्ष सग समन्वय गरेर हतार नगरि वास्तविक कुरा खुलाउनु पथ्र्यो । तर हतारमा सुचना जारि गरियो ।
यदि १ करोड ३० लाख उक्त कोषमा जम्मा गरेको भए आपत्ति किन ?
एनआरएन दक्षिण कोरियाले यदि गैर आवासिय नेपाली संघको आपतकालिन कोषमा एक करोड जम्मा गरेको भए कसैलाइ के आपत्ति भयो ? आखिर कोषले देशमा वा विदेशमा समस्या परेका नेपाली लाई सहयोग गर्ने उदेश्य लिएको रहेछ । आपत्ति पैसा जम्मा गरेको बिषयमा होइन र हुन सक्दैन पनि । तर आपत्ति कहाँ हो त मानिसहरुको?अस्ति भर्खरै मानिसहरुले आफना आफन्तको स्वास्थ्य सुरक्षामा सहजता होस भन्दै एनआरएनए दक्षिण कोरियाले सुरु गरेको अभियानमा धमाधम पैसा जम्मा गरे ।
एनआरएनको आग्रह लाई सम्मान गर्दै सहयोगमा जुटे र विश्वभर दक्षिण कोरिया एनआरएनलाई हिरो पनि बनाए । यसमा मानिसहरुको एनआरएनए प्रति आशा र विश्वास जोडिएर हो । र त्यो आशा र विश्वास जम्मा भएको रकम बाट चाँडै हेल्थ किट किनेर नेपाल पठाउनको लागी थियो । उनीहरु यही आशामा उत्साहित हुदै रातारात त्यतिधेरै रकम जम्मा गरेका थिए । समयमै सामाग्री पठाउने कुरामा पनि एनआरएनको खटनपटन पनि राम्रो देखिन्थ्यो । आफुहरुमा आउन सक्ने आरोप प्रति पनि सर्तक र सजक थियो ।
तर एक्कासी केन्द्रिय कोषाध्यक्षले जारी गरेको विवरणले मानिसहरु ससंकित मात्रै होइन निकै दुखि समेत बने । किन भने एउटा शिर्षकमा पैसा उठाउने अनि अर्को तिर जम्मा गर्ने ? यही बिषयले कोरियामा नेपाली समुदाय आलोचना गर्न बाध्य भयो । नत्र एनआएरएनले आफनै कोष छ भने जहा जति जम्मा गरेपनि अरुलाइ आपत्ति थिएन । फेरि एनआरएनए दक्षिण कोरियाले विगतमा पनि संकलन भएको राहतमा केही तलमाथि गरेकोले नागरिकहरु निरन्तर खबरदारी गरिरहेका हुन ।

के एक करोड ३० लाख कोरियाले केन्द्रमा जम्मा गरेको साँचो हो त ?
खासमा बुझदै जादा त्यति पैसा जम्मा भएको देखिदैन । जम्मा नभएको कुरा उसले सुचना जारि गरे जानकारी पनि दिइसेको छ । उसो भए किन जानिजानि दुनियाँलाई झुक्याउने प्रयास भयो त? यसमा हामीले अनुमान गर्दा एनआरएनए केन्द्रले दक्षिण कोरियाका गतिविधिको अपनत्व आफुले लिन खाजेको देखिन्छ ।
किन भने कोरियाले चन्दा संकलन गरि जम्मा गरेको करिब एक करोड ४० लाखको कुरा केन्द्रले प्रचारमा देखाउन खाजेको हुनुपर्छ । किन भने यस बिषयमा जिज्ञासा राख्दा केन्द्रीय कोषाध्यक्ष श्रेष्ठले सामान्य मिस्टेक भएको हो अहिले मिलि सक्यो भनेका छन । उनले मिलिसक्यो भनेको के हो त ? कहानिर बिग्रेको रहेछ ?
हाम्रा खबर लाइ प्राप्त पछिल्लो विवरण र श्रेष्ठले पुन सम्पादन गरेर फेसबुकमा राखेकोको कुराले कोरियाले नगद नभै (स्वास्थ्य सामाग्री खरिद ) देखाएको छ । आफ्नो शाखाले नेपाललाई गरेको सहयोग उसले देखाउन खोजेपनि विवरणमा नगद भनेर देखाउदा चिप्लिएको हुनुपर्छ ।यो कुरा सुरुमा किन ख्याल भएन यो चासोको विषय पक्कै हो । अनि अस्ति भर्खरै कोरियामा नागरिक स्तर बाट जम्मा भएको त्यो रकम र केन्द्रिय राहत कोष बिच कुनै सम्बन्ध हो की होइन ? यस बिषयमा किलेर बनाउन अझै बाँकी छ ।