पत्रकार महासंघ दक्षिण काेरिया शाखाको अधिवेशन सम्पन्न भएको छ ।आइतबार राजधानी साैलमा सम्पन्न अधिवेशन बाट किशन गाैतमकाे अध्यक्षमा नयाँ नेतृत्व चयन भएको छ । शाखाको साताै अधिवेशनका लागि अध्यक्ष र महासचिवकाे लागि मतदान भएको थियो ।अध्यक्षकि प्रत्यासी सविना कार्कीलाई किसन गाैतमले ६ मतकाे अन्तरमा अध्यक्षमा पराजित गरेका थिए ।गाैतमकाे १६ मत र कार्कीको १० मत प्राप्त भएको थियोे । कार्की अघिल्लो कार्य समितिमा सदस्य थिइन् ।हाम्रो कान्तिपुर अनलाइनकि संचालक समेत रहेकि कार्कीले नवनिर्वाचित अध्यक्ष गाैतम लगाएत सबैलाई बधाई दिएकि छिन्।
यस्तै महासचिवमा बासुदेव भट्ट निर्वाचित भएका छन् । पश्चिम नेपालकाे कञ्चनपुर जिल्लाका भट्टले प्रतिद्वन्द्वी राेशन राईलाई पराजित गर्दै महासचिवमा विजय हासिल गरेका हुन ।बासुदेव भट्टले १४ र राइले १२ मत प्राप्त गरेका थिए ।बासुदेव हाम्रा खबर डटकमका कार्यकारी सम्पादक समेत हुन ।
२३ वर्षीय भट्ट इपिएस मार्फत काेरिया पुगेका थिए । इपिएस प्रणाली तथा वैदेशिक राेजगारी सँग सम्बन्धि विषयका सुचना तथा समाचारमा विषेश दखल राख्ने भट्टले नेपाल पत्रकार महासंघमा पाएकाे याे पहिलो जिम्मेवारी हाे ।अध्यक्षमा निर्वाचित गाैतम यस अगाडि काेरिया शाखाको वरिष्ठ उपाध्यक्ष थिए ।
सर्वसम्मत निर्वाचित अन्य पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष सन्ताेष खड्का , उपाध्यक्ष बिक्रम बज्यु,केशव पाेखरेल ,सचिवमा काेकिल पाैडेल र कमला केसी रहेका छन ।निर्वाचन मण्डलका अनुसार काेषाध्यक्षमा प्रमिला बुढाथोकी ,सदस्यमा राज कुमार तामाङ ,विशाल श्रेष्ठ र सन्दिप गिरी निर्वाचित भएका छन् ।