पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साताै अधिवेशन भब्यताका साथ आइतबार राजधानी साैलमा सम्पन्न भएको छ। दक्षिण कोरियाका लागि कार्यवाहक नेपाली राजदुत राम सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जुम मार्फत पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे विषेश आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा एनआरएनएका केन्द्रीय अध्यक्ष कुल आचार्य , नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका लागि केन्द्रिय प्रतिनिधि तथा केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, एनआरएनएका देवी बस्नेत,सहकोषाध्यक्ष यज्ञराज सुवेदी, कोरिया अध्यक्ष दिपक पुन लगाएतकाे सहभागीता रहेको थियोे ।प्रवासी मजदुर युनियन एमटियुका अध्यक्ष उदय राई,महासचिव मधुसूदन ओझा,नेपाली जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्री लगाएतकाे सहभागीता रहेको थियोे ।रुद्र शर्माको नेतृत्वमा पत्रकार महासंघका पूर्व अध्यक्ष अशाेक मैनाली र गिरीराज कुँवर सहभागी निर्वाचन समितिले अध्यक्ष र महासचिव पदमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन समेत गराएको थियोे ।
यी हुन निर्वाचित पदाधिकारीहरु :
अध्यक्ष पदमा सविना कार्की र किसन गाैतम बिच प्रतिष्पर्धा भएको थियोे ।अध्यक्षकि प्रत्यासी सविना कार्कीलाई किसन गाैतमले ६ मतकाे अन्तरमा अध्यक्षमा पराजित गरेका थिए ।गाैतमकाे १६ मत र कार्कीको १० मत प्राप्त भएको थियोे । कार्की अघिल्लो कार्य समितिमा सदस्य थिइन् ।अध्यक्षमा निर्वाचित गाैतम यस अगाडि काेरिया शाखाको वरिष्ठ उपाध्यक्ष थिए ।
यस्तै महासचिवमा बासुदेव भट्ट निर्वाचित भएका छन् । पश्चिम
नेपालकाे कञ्चनपुर जिल्लाका भट्टले प्रतिद्वन्द्वी राेशन राईलाई पराजित गर्दै महासचिवमा विजय हासिल गरेका हुन ।बासुदेव भट्टले १४ र राइले १२ मत प्राप्त गरेका थिए ।बासुदेव हाम्रा खबर डटकमका कार्यकारी सम्पादक समेत हुन । २३ वर्षीय भट्ट इपिएस मार्फत काेरिया पुगेका थिए । इपिएस प्रणाली तथा वैदेशिक राेजगारी सँग सम्बन्धि विषयका सुचना तथा समाचारमा विषेश दखल राख्ने भट्टले नेपाल पत्रकार महासंघमा पाएकाे याे पहिलो जिम्मेवारी हाे।
सर्वसम्मत निर्वाचित अन्य पदाधिकारीहरु वरिष्ठ उपाध्यक्ष सन्ताेष खड्का , उपाध्यक्ष बिक्रम बज्यु,केशव पाेखरेल ,सचिवमा काेकिल पाैडेल र कमला केसी रहेका छन ।निर्वाचन मण्डलका अनुसार काेषाध्यक्षमा प्रमिला बुढाथोकी ,सदस्यमा राज कुमार तामाङ ,विशाल श्रेष्ठ र सन्दिप गिरी निर्वाचित भएका छन् ।