https://www.youtube.com/watch?v=Iv8LP7WhxhQ
एउटा पुस्ताकाे लाेक दाेहाेरी गायन क्षेत्रमा जालुमाया गुरुङ नाैलाे नाम हाेइन।सानै देखि लाेकदाेहाेरी क्षेत्रमा संघर्ष गर्दै आफूलाई यहि क्षेत्रमा स्थापित बनाएकि जालुमायाका थुप्रै गितहरु छन् ।उनले गाउने लाेकदाेहाेरी सबैले रुचाउँछन् ।
पश्चिम नेपालकाे राेल्पा जिल्लामा जन्मेकी जालुमाया गित संगितकाे सम्भावना खाेज्दै काठमाडौ छिरे पछि उनको याे क्षेत्रमा प्रगति र संघर्ष उस्तै छ ।रहर सँगै शहर पसेकि जालुमायाले अनेकौं संघर्षका बिच लाेक दाेहाेरी क्षेत्रमा आफूलाई उभ्याउन सफल भएकि हुन ।राष्ट्रिय स्तरका प्रतियोगिता तथा महाेत्सवमा जालुमायाकाे सक्रिय सहभागीता रहदै आएको छ ।भिडियो याे तलकाे लिङ्कमा छ
https://youtu.be/Iv8LP7WhxhQ
लाइभ दाेहाेरी हुन या एल्बममा हुन उनका दाेहाेरी टुक्का दर्शक,स्रोताले आैधि रुचाउँछन् ।मगर ,गुरुङ संस्कृतिको जगेर्ना तथा यसको उत्थानमा जालुमाया गित संगित बाट अग्रणी भूमिकामा रहन्छिन्।उनलेे विभिन्न पर्वहरुलाई लक्षित गर्दै नयाँ काेसेली आमदर्शक माझ ल्याउने गर्छिन् ।यसै सन्दर्भमा हिन्दू नारीहरुकाे तिज पर्वलाई लक्षित गर्दै उनलेे नयाँ गित बजारमा ल्याएकि छिन् ।
चर्चित लाेक गायक चिज गुरुङकाे सहकार्यमा जालुमायाले हिन्दु नारिहरुकाे पर्व तिजलाई लक्षित गर्दै नयाँ गित बजारमा ल्याएकी छिन् । बुधबार साँझ जालुमाया गुरुङको अफिसियल युटुबु च्यानलमा सार्वजनिक गरिएको उक्त गितमा शब्द चिज गुरुङको रहेको छ भने लय जालुमायाकाे छ ।
उक्त गितमा शब्द स्वर चिज गुरुङ ,लय जालुमायाकाे रहेको र गितकाे एरेन्ज कृष्ण पुनले गरेका छन् भने यसको निर्देशन दिप गुरुङको रहेको छ।चिज गुरुङ्ग,जालुमाया गुरुङ्ग र आयुष गुरुङ्गकाे अभिनय रहेको उक्त गितकाे छायांकन सम्भु चालिसेकाे रहेको छ। श्रृङ्गार हेमा गुरुङ काे रहेको छ भने अभिनयमा देखिएका आयुष गुरुङ जालुमायाका छाेरा हुन ।