काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका एक पुरूष र बीर अस्पतालमा निधन भएकी एक महिला र अर्का पुरूषाकाे कोरोना संक्रमण परिक्षण रिर्पोट नेगटिभ आएको छ । उनीहरुको निधन कोरोना संक्रमण बाट नभै अरु कुनै कारणले भएको पुष्टि भएको छ ।
पाटनमा निधन भएका धादिङ का पुरुषको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिए । यस्तै यता वीर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएकी महिला र अर्का एक पुरूषकाे पनि कोरोना भाइरस संक्रमणका कारण निधन नभएको पुष्टि भएको हाे ।
सोमबार मात्रै कोरोना संक्रमणको आसंकामा उपचार गराइरहेका तीन जनाको काठमाडाैमा निधन भएको थियो । हाल सम्म नेपालमा पाँच जनालाइ कोरोना संक्रमण भएको पुष्टि भएको छ । यी मध्ये एक जना उपचार पछि घर गैसकेका छन भने बाँकी चार जनाको उपचार भैरहेको छ । अहिले सम्म नेपालमा कोरोना संक्रमण बाट कसैको निधन भएको छैन ।