कोरोना भाइरस सर्ने त्रासका कारण घरमा बस्दै आएकी नर्सलाइ घर बाट निकाल्ने दाङका एक वडा सचिवलाइ जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले डेराबाट नर्स निकाल्ने घरवेटी घोराही २ का वडा सचिव समेत रहेका नारायण आचार्यलाई पक्राउ गरिएको बताए । पक्राउ परेका सचिवलाइ कानुन वमोजिम कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्कालाइ केही दिन अगाडी डेराबाट निकाले पछि उनी होटलमा बस्दै आइरहेकी थिइन ।
अस्पतालमा काम गर्दा कोरोना संक्रमण हुन्छ भन्दै अहिले देशभर डेरा गरि बस्दै आएका स्वास्थ्यकर्मीहरुलाइ घरबेटिहरुले डेरा छाडन भने खबरहरु सार्वजनिक भैरहेका छन । यदि कसैले जबर्जस्ती स्वास्थ्यकर्मीहरुलाइ डेरा छाडन लगाएको भेटिए प्रशासनले कानुन बमोजिम कार्वाही गर्ने बताइएको छ ।