बासुदेव भट्ट/सिओल
दक्षिण कोरियामा एक नेपालीको सुति राखेको अवस्थामा मृत्यु भएको छ। विदुर नगरपालिका १३, नुवाकोट घर भएका टेक बहादुर तामाङको गत राती सुतेको अबस्थामा मृत्यु भएको हो ।
कोरियाको ख्वाङजु सहरमा कार्यरत तामाङ अघिल्लो दिन ड्युटी गरि सुतेका थिए । उनि सुतेकै अबस्थामा मृत अवस्थामा फेला परेपछि साथीहरुले कोरियन प्रहरीलाई खबर गरिएको बताइएको छ।
तमाङ ईपीएस मार्फत रोजगारीको सिलसिलामा ८ बर्ष देखि दक्षिण कोरियामा कार्यरत थिए।