
जर्नादन शर्मा र माओबादी नेताहरुको साथमा लाल सलाम गर्दै नेपाली काँग्रेसका नेता गोपाल जी जंग शाह
रुकुम पश्चिमका नेपाली काँग्रेसका स्थापित नेता तथा पूर्व राज्यमन्त्री गाेपाल जि जंग शाहका सार्वजनिक अभिव्यक्ति तथा क्रियाकलापहरु एकपछि अर्को विवादित बन्दै गएका छन् ।रुकुम पश्चिममा गठबन्धनकाे चुनावी परिचालनका संयाेजक शाहले नेपाली काँग्रेस पार्टीको अपमान हुने खालका अभिव्यक्तिहरुले काँग्रेस कार्यकर्ताहरु आक्राेशित बनेका छन् ।
आठबिसकाेट नगरपालिकाकाे गाेतामकाेट चाैतारामा दिएको उनको पछिल्लो अर्को अभिव्यक्ति विवादित बनेको छ । आडबिसकोट नगरपालिका रुकुम पश्चिम र जाजरकोट जिल्ला नलगाड नगरपालिका जोड्ने ठुलिभेरी नदिको मोटरेबल पुलका बिषयमा शाहले दिएको अभिब्यक्तिले त्यस क्षेत्रका काँग्रेस कार्यकर्ताहरु आगाे भएका हुन ।हाल सम्म सर्भे समेत हुन नसकेको उक्त पुल कहाँ बनाउने भन्ने विषयमा विवाद छ ।त्यहि विवादका कारणले करिब ८ वर्ष सम्म उक्त पुल बनेको छैन ।
उक्त पुल अहिलेसम्म नबन्नुमा आफ्नो निर्देशनमा आठविसकाेट नगरपालिकाका काँग्रेस कार्यकर्ताहरु भएको शाहले मन्तव्य दिएका थिए ।जनार्दन शर्माले माेटरेवल पुलकाे आयाेजना ल्याएका थिए ,हामीले अहिलेसम्म निर्माण हुन नदिएर विकास विरोधी काम गरेको क्षमा चाहान्छाै भन्दै कान समातेका थिए । पुर्ब राज्यमन्त्री गोपाल जि जङ्ग शाहले चौतारामा दिएको उक्त अभिव्यक्ति अत्यन्तै आपत्ती जनक र आठबिसकोट नगरबासी उक्त क्षेत्र का आम काग्रेस जनको आत्मा सम्मान मा गहिरो चोट लागेको काँग्रेस नेता धिरेन्द्र बटालाले बताए ।
आठबिसकोट र नलगाड जोड्ने मोटरेवल पुलका बिषयमा आठबिसकोट राडिबजार बासी व्यापारीहरु पुरानो पुलभएको स्थान मा नै पुल बन्नु पर्ने र माओवादी हरु ढुङ्गिला मा बन्नु पर्छ भन्ने बिषय ले उक्त पुल बन्न नसकेको बटालाले बताए । उक्त पुल नबन्दा सेवा क्षेत्रका बासिन्दा र ब्यपारिलाइ ठूलो सास्ती ब्यहोर्नु परेको छ, उक्त पुलमा नेपाली काँग्रेसको कुनै अवरोध नरहेको समेत स्पष्ट पार्न चाहान्छु, यदि गोपाल जि जङ्ग शाहले उक्त पुल बन्न नदिएको हुन भने त्यो भन्दा ठूलो अपराध अर्को हुन सक्दैन उनले गरेको अपराध को जिम्मेवारी नेपाली काँग्रेस आठबिसकोट हुन नसक्ने बटालाले बताए ।सो पुल रोकिनु मा नेपाली काग्रेस आठबिसकोट का कुनै पनि नेता कार्यकर्ता को कुनै भुमिका छैन राडिबजारमा बन्ने पुल ढुङ्गिला मा लिने पक्ष र ब्यक्ति हरु नै उक्त पुल निर्माणका नहुनुमा जिम्मेवार भएको बटालाले बताए ।