अन्तरिक्षमा जान सकिने अवधारणा प्रारम्भ भएदेखि नै अन्तरिक्ष पर्यटन अति धनाढ्यहरूले मात्रै खर्च गरेर जान सक्ने गतिविधिका रूपमा रहँदै आएको छ।विगत छ दशकमा अन्तरिक्षको यात्रा गरेका मानिसको सङ्ख्या झण्डै ६०० पुगेको छ। तीमध्ये सातजना अति धनी वा चर्चित अन्तरिक्ष पर्यटकबाहेक अन्य सबै अन्तरिक्षयात्री हुन्।र, अहिले बिस्तारै अन्तरिक्ष पर्यटनले गति लिन थाल्दैछ।एमजनका जेफ बेजोस, भर्जिन एट्लान्टिकका सर रिचर्ड ब्रान्सन र टेस्लाका इलोन मस्कको कम्पनीहरूले पृथ्वी(बाहिरको, एक्स्ट्रा टेरेस्ट्रिअल यात्राको अवसर उपलब्ध गराउँछन्।दुईवटा कम्पनीले पृथ्वीभन्दा ठ्याक्कैमाथि १५ मिनेटको ूउपकक्षीयू परिक्रमामा लैजाने भए पनि अन्तरिक्षमा केही दिन राख्ने गरी लैजाने इलोन मस्कको स्पेसएक्समात्रै हो।त्यसका लागि टिकटको रकम २५०,००० डलरदेखि लाखौँ डलरसम्म पर्छ।
केवल धनीका लागि
एरोस्पेसकी २१ वर्षीय विद्यार्थी तथा अन्तरिक्ष पर्यटक बन्ने इच्छा राख्ने सन्दली कुमारासिङ्घ श्रीलङ्काकी हुन् र उनको पृष्ठभूमि सामान्य छ। उनको जीवनशैलीमा धनाढ्य पर्यटकको कुनै छनक देखिँदैन।अन्तरिक्ष पर्यटनले ूसबैलाई अन्तरिक्षसम्मको पहुँचतर्फ डोर्याउनेू आशा आफूले गरे पनि अहिलेका लागि भने यो ूकेवल धनीले पाउने सुविधाू मात्रै भएको उनी स्विकार्छिन्।सन्दलीले स्पेस क्याम्प नामक तालिमको छात्रवृत्ति पाइन्। स्पेस क्याम्प अमेरिकाको अन्तरिक्ष निकाय नासाको आलाबामास्थित अन्तरिक्ष अखाडामा हुने एउटा तालिम कार्यक्रम हो।त्यसयता डियर मुन प्रोजेक्टु ले खर्च बेहोरेर चन्द्रको वरिपरि घुम्न पाउने नामहरूको प्रारम्भिक सूचीमा उनको नाम पनि परेको छ।उक्त प्रोजेक्टको प्रायोजन जापानी अर्बपति यासाकु मेजावाले गरेका हुन्।सन् २०२१ को मार्च महिनामा मेजावाले चन्द्रमातर्फको यात्रा सित्तैमा गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन सार्वजनिक रूपमा आमन्त्रण गरेका थिए।स्पेसएक्सको स्टारशिप यानबाट हुने उक्त यात्रा सन् २०२३ मै हुने तय भएको छ।
सामान्य मानिसलाई अन्तरिक्षको यात्रा
आममानिसलाई पृथ्वीबाहिर पनि जीवनको महसुस गर्न अन्तरिक्ष पर्यटनले बाटो खोल्ने सन्दली विश्वास गर्छिन्।मैले ठूलो उद्देश्य राख्नुपर्छ भन्ने मलाई सधैँ लाग्थ्यो तर अर्को ग्रह वा चन्द्रमामा जाने भन्नेबारे मैले कहिल्यै कल्पना गरेको थिइनँ,ू सन्दलीले बीबीसीसँग भनिन्।श्रीलङ्काजस्तो देशको मजस्तो केटी। अन्तरिक्ष जान पाएँ भने त्यस्ता प्रतियोगिता गरिदिएकोमा धन्यवाद ( ृम आशा गर्छुे यो अहिलेको अवस्था हो। यस्ता थप अवसरहरू भविष्यमा आउनेछन्।ेूसाथै, म आशावादी छु कि अन्तरिक्ष कम्पनीहरू पनि हुनेछन्।।। जसले विज्ञान, प्रविधि र अनुसन्धानका लागि अन्तर्राष्ट्रिय समुदायबाट पनि अन्तरिक्षयात्रीलाई तालिम दिन भर्ती गर्नेछन्।BY BBC