
नेपाली काँग्रेस का सभापति शेर बहादुर देउवाले कोरोना भाइरस रोकथामका बिषयमा सरकारलाई ११ बुँदे सुझाव सहितको ध्यानाकर्षण गराएका छन ।मजदुरहरुलाइ राहत देखि २० लाख सम्म ऋण लिएर व्यवसाय गरेका व्यवसायीहरुको तीन महिना सम्मको ब्याज मिनाहा गरिदिन सम्म देउवाका ध्यानाकर्षण बुँदा रहेका छन ।
यस्तै डेरा गरी बसेका विद्यार्थीको हकमा फरक तरिकाले राहतको व्यवस्था गर्न समेत देउवाले सरकारलाई माग गरेका छन् ।मंगलबार साँझ ११ बुँदा सहितको विज्ञप्ति जारि गर्दै देउवाले राज्यको चौथो अंग तथा त्यसमा कार्यरत श्रमजीवी पत्रकारको हकमा पनि अलग्गै राहत योजनाको निर्माण गर्न सरकारलाई आग्रह गरेका छन ।
देउवाको सुझावमा भारतका विभिन्न ठाउँमा रहेका नेपाली तथा महाकाली पारि सयौंको संख्यामा आइपुगेर दार्चुलामा अलपत्र परेका नेपालीको बारेमा पनि सरकारले समाधानको बाटो खोज्नु पर्छ भनिएको छ ।
अहिलेको समस्या सग जुध्न सरकारले अगाडि सारेका रणनीतिहरु सबैले पालना गर्न देउवाको आग्रह छ ।कोरोना भाइरस लाई निर्मुल पार्न सरकारलाई जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने र गरिरहेको स्मरण गराउदै देउवाले पाटि कार्यकर्ता लाई पनि त्यहि निर्देशन गरेको जारि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिपक्ष मात्रै नभइ नेपाली काँग्रेस पुरानो पाटि भएकोले हामीले सरकारलाई हरतवरले सघाइ रहेका छौ देउवाले भनेको छन ।यो साझा सघर्ष हो यस्तो बेला सरकार सग नभए पनि सगै लडन सकिन्छ भन्ने भावनामा दृढ भएको देउवाले उल्लेख गरेका छन ।उनले परिस्थितिको समिक्षा गदै युद्धस्तरमा अघि बढौँ समेत भनेका छन ।
