नेपाली सेनाको स्वीकृत दरबन्दि भित्र रिक्त रहेको विभिन्न पदमा जंगी अड्डा निर्देशनालयले दरखास्त आहन गरेको छ । दरखास्त आहन गरिएका पदहरुमा ब.का.सी,सुचिकार,सरसफाइकर्मी,चर्मकर्मी,लोहकार,केशकर्तक,सिकर्मी,माली र सयस पदहरु रहेका छन ।
दरखान्त दिने स्थानहरुमा पुर्वी पृतना इटहरी,मध्यपुर्वी पृतना महोत्तरी,मध्य पृतना हेटौडा,पश्चिम पृतना पोखरा,मध्यपश्चिम पृतना बुटवल,उत्तर पश्चिम पृतना सुर्खेत,सुदुरपश्चिम पृतना कैलाली,उपत्यका पृतना नारायणहिटी रहेका छन । दरखास्त दिने मिति २०७९ फागुन १९ देखि चैत २० सम्म रहेको छ । विस्तृत सुचना फागुन १९ को गोरखापत्रमा प्रकाशित भएको छ ।