ज्येष्ठताको हालकै वरियताअनुसार नै बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य बढुवा सिफारिस भएका हुन् । यसअघि आइजिपीको प्रतिस्पर्धामा १६ जना रहेकोमा अब पाँच जना भएका छन् ।पाँचमध्ये कुँवरको सम्भावना बलियो भएको छ । डिआइजी बढुवामा नेपाली कांग्रेस र आइजिपीको साथले १ नम्बरमा फड्को मारेका उनी एआइजीमा पनि पहिलो नम्बरमै रहन सफल भएपछि अब आइजिपीको कुर्सीबाट एक स्टेप मात्र टाढा छन् । तुलनात्मक रुपमा उनी व्यवसायिक प्रहरी अधिकारीकै रुपमा चिनिन्छन् ।टेक प्रसाद राई दोस्रो नम्बरमै रहन सफल भएका छन् । उनी पनि इमान्दार अधिकृत मानिन्छन् । तर, राजनीतिक नेतृत्वको चाकडी नगर्ने स्वभावका कारण उनी आइजिपी हुने सम्भावना न्यून रहेको बताइन्छ ।
तेस्रो नम्बरका दिपक थापा आइजिपीका अर्का प्रमुख दाबेदार हुन् । उनको सबै दलको नेताहरुसँग निकटतम सम्बन्ध छ । चैत १० पछि प्रहरी नेतृत्वका लागि बसन्त र थापाबीच नै प्रमुख प्रतिस्पर्धा हुने बताइन्छ । यद्यपी कुँवर आइजिपी भएर अवकाश पाएपछि पनि थापाले छोटो समयका लागि आइजिपी हुने भएकाले कुँवरको सम्भावना बढी रहेको बताइन्छ । यद्यपी कुँवर राजनीतिक नेतृत्वसँग राम्रोसँग समन्वय गर्न नसक्ने प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।चौथो नम्बरका श्यामलाल ज्ञवाली र पाँचौ नम्बरमा बढुवा सिफारिस भएका किरण बज्राचार्य पनि प्रतिस्पर्धामा भएपनि उनीहरुको पनि अहिलेको नेतृत्वसँग निकटता छैन ।पाँचमध्ये कसैलाई पनि सरकारले विश्वास नगरेकोमा अहिलेकै आइजिपी धिरजप्रताप सिंहले निरन्तरता पाउने सम्भावना पनि छ।