दक्षिण कोरियाम नेपाली चलचित्र ‘छक्का पञ्जा-४’ पहिलो दिन भब्यताका साथमा प्रदर्शनमा आएको छ।हिजो अर्थात मार्च १३ तारीखका दिन राजधानी सउलमा राप्ती समाज दक्षिण कोरियालेको आयोजकत्वमा चलचित्र प्रदर्शन गरिएको थियो।
चलचित्र ‘छक्का पञ्जा-४’ भब्यताको साथ प्रदर्शन सम्पन्न गरिएको प्रति आयोजक संस्था राप्ती समाज दक्षिण कोरियाले सम्पुर्ण सहयोगी पक्षहरु प्रति आभार व्यक्त समेत गरेको छ। आयोजक संस्थाको अक्षयकोष सहयोगार्थका लागि हिजो ‘छक्कापन्जा-४’ प्रदर्शनमा आएको थियो। जसमा कोरियामा कार्यरत नेपाली संस्था तथा ब्यक्तिहरुको सम्मान कार्यक्रम पनि गरिएको छ।
आयोजक संस्था राप्ती समाज कोरियाका अध्यक्ष ओमलाल ओलीले कार्यक्रम उत्साहजनक रुपमा सभ्य र भव्यताका साथ सफल बनाउन सहयोग गर्ने दक्षिण कोरियामा रहेका क्रियाशिल सघं-सस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि, व्यवसायी, समाजसेवी, पत्रकार, विध्यार्थी, चलचित्र प्रेमी लगाएत उपस्थित सबैमा कृतज्ञता एवं आभार प्रकट गरेका छन्।
अध्यक्ष ओलीले चलचित्र प्रदर्शन कार्यक्रममा प्रचारप्रसार गर्न सहयोगी भुमिका निर्वाह गरेका जेआरएफ रेमिटान्स पार्टनर, पोस्टर, टिकेट, ब्यानर प्रयोजक र संस्थाको अक्षयकोषको लागि व्यक्तिगत सहयोग गर्ने सहयोगी प्रति आभार तथा कृतज्ञताको सन्देश दिएका छन्।
‘तपाईहरुको माया,प्रेरणा र सहयोगले कार्यक्रम सफल भएको छ। आशा छ आगामी दिनहरुमा पनि यसैगरी यहाँहरूको साथ र सहयोग पाउनेछौ, अध्यक्ष ओलीले भने, ‘कार्यक्रमको दौरानमा केहि त्रुटिहरु हुन गएको भए क्षमा चाहान्छौ।’
तस्बिरहरुमा