आईसीसी विश्वकप लिग-२ अन्तर्गत अन्तिम एकदिवसीय खेलमा युएईले नेपाललाई ३११ रनको विशाल लक्ष्य दिएको छ।
किर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर ब्याटिङको निर्णय लिएको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन जोड्न सफल भयो। युएईका लागि योगफल जोड्ने क्रममा आसिफ खानले १०१ रनको सतकिय पारी खेले। उनले ४३ बलको सामना गर्दै ४ चौका र ११ छक्का प्रहार गरे। अर्का ब्याट्सम्यान बृत अरविन्दले ९६ रनको पारी खेले।
नेपालका लागि बलिङमा क्रममा दिपेन्द्र सिंह एरिले २ तथा सन्दीप लामिछानेले, सोमपाल कामी, ललित नारायण राजवंशीले १-१ विकेट लिए।