नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धिको माग गर्दै सरकार र सम्बन्धी सञ्चार गृहसमक्ष आग्रह प्रस्तुत गरेको छ। सनिवार रुपन्देहीको लुम्बिनीमा सम्पन्न महासंघको ‘राष्ट्रिय मिडिया सम्मेलन’ बाट पारित घोषणापत्रमा महासंघले पत्रकारहरुको न्यूनतम पारिश्रमिक वृद्धिमा जोड दिएको हो।
चैत १६ र १७ गते लुम्बिनीमा सम्पन्न ‘राष्ट्रिय मिडिया सम्मेलन’ द्वारा महासंघले सदस्यता शुद्धिकरण थप प्रभावकारी बनाउन भनी ९ बुँदे घोषणापत्र सर्वसम्मतिमा पारित गरेको छ।
घोषणापत्रको पाँचौ बुँदामा महासंघले विद्यमान कानुनअनुसारका सेवा सुविधा लगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरु वञ्चित रहेको बताएको छ। पत्रकाररुको पारिश्रमिक र सेवासुविधा सम्बन्धि बनेको एेनको पूर्ण कार्यान्वयन गरि समय सापेक्ष न्युनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुबिधाहरुको पूर्ण कार्यान्वयनका लागि महासंघले सरकार र सम्बन्धित संचारगृहलाई आग्रह गरेको छ।
साथै, दबाब आन्दोलन र कानूनी उपचारलगायतका ट्रेड युनियन अभ्यासलाई थप प्रभावकारी बनाउने बाचा महासंघले घोषणापत्र मार्फत गरेको छ।